” मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौं ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~  नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको […]

“दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा रेमिट्यान्सलाई लगानी गराैँ ” : वरिष्ठ उपाध्य ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको तर्क गर्दै उनले दीर्घकालीन लाभ लिने गरी योजना बनाउनुपर्ने बताए । बिहीबार आईएमईले आयोजना गरेको ‘आईएमई डब्बलको डब्बलको डब्बल’ अफरका  विजेता घोषणा कार्यक्रममा […]

शुक्रबार यस्तो छ सुन–चाँदीको भाउ

अर्थ राजनीति   ~  नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारको लागि सुनको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।  यसअघि बिहीबार छापावाल सुनको […]

प्रधानन्यायाधीश राणाले आजलाई १० इजलास तोके

अर्थ राजनीति  ~   बार र बेन्च बीच चलिरहेको लगातारको तनाब बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई १० इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले एउटा एकल इजलास र ९ वटा संयुक्त इजलास गरी २२२ मुद्दाको पेसी चढाएका छन्। प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् ।  यसैबीच, सर्वोच्च अदालत परिसरमा भने  कानून […]

चिसो बढ्यो, देशभर वर्षा र हिमाली भेगमा हिमपातको संभावना

अर्थ राजनीति  ~  एकाएक मौसम बदलिएपछि उपत्यकासहित देशभर चिसो बढेको छ । हिजोदेखि बदलिएको मौसम आज पनि देशभर कायम रहने भएको छ । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेछ । जसकाकारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जल […]

अध्यक्ष ओलीलाई पदाधिकारी मिलाउन सकस हुदै

अर्थ राजनीति  ~  नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर […]

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

अर्थ राजनीति  ~ साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी […]

कांग्रेस महाधिवेशन : केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

अर्थ राजनीति  ~  अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको छ । महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने

अर्थ राजनीति  ~  कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ ।  बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए । प्रमुख सत्ता साझेदार दल भएकाले पनि माओवादी केन्द्रले सरकार विस्तारको बारेमा बृहत […]

औसत सीडी रेसियो ९०% बाट झरे पनि अझै दर्जन बैंकको ९०% माथि नै

अर्थ राजनीति  ~  प्रणालीमा एक दिनमै १० अर्ब रुपैयाँ निक्षेप थपिएपछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतबाट तल ओर्लिएको छ। बैंकहरुको औसत सीडी नै ९०.१४ प्रतिशत पुगेको थियो। बाणिज्य बैंकहरुले मात्र सात अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १ अर्ब पुगेको छ। बाणिज्य बैंकहरुको मात्र ४२ खर्ब […]