राप्रपाको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो । महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने […]

एमालेको बागडोर अर्को पाँच वर्ष ओलीको हातमा

अर्थ राजनीति  ~  नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । १० मंसिरमा चितवनमा सुरु भएको महाधिवेशन १४ मंसिर (मंगलबार) सकिएको हो । मंसिर १० देखि १२ गतेका लागि तय भएको महाधिवेशन दुई दिन ढिलो गरी सकिएको हो । नेतृत्व लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुमा सहमति […]

गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोध कायमै

अर्थ राजनीति  ~  सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार बुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो । गोला […]

ओम्रीकान भेरियन्ट डेल्टा, गामा, बेटा र अल्फाजस्तै ‘भेरियन्ट अफ कन्सर्न’

अर्थ राजनीति  ~  विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट हो, ओम्रीकान । अरु भेरियन्टका तुलनामा छिटो संक्रमण फैलिने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबाट सुरक्षित हुन र सावधानी अपनाउन आह्वान गरिसकेको छ । कोरोनाको यो भेरियन्ट फैलिन नदिन विभिन्न राष्ट्रले आपतकालीन रूपमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । भ्याक्सिन निर्माता कम्पनी आफ्नो उत्पादनलाई […]

“आफैंले सिफारिस गरेका डेपुटी गभर्नरले पनि साथ दिँदैनन् ” : पूर्व गभर्नर डा. नेपाल

अर्थ राजनीति  ~ डा. चिरञ्जीवी नेपालका अनुसार,  पछिल्लोपटक राष्ट्र बैंक ऐन संशोधन हुनुअघिसम्म हाम्रो केन्द्रीय बैंक स्वतन्त्र र स्वायत्त थियो। तर ऐन परिवर्तनपछि राष्ट्र बैंकलाई एकदमै कमजोर पारिएको छ। मुलुकको समग्र मौद्रिक दायित्व बोकेर बसेको गभर्नरलाई कमजोर पार्ने सिलसिला सुरु भएको धेरै भएको छैन। पछिल्ला दिनहरुमा राष्ट्र बैंकमा एकदमै कमजोर अवस्थामा गभर्नरलाई राख्न खोजिएको छ। […]

कांग्रेसका जिल्ला अधिवेशनमा देउवा–पौडेल पक्षबीच कडा टक्कर

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ । हिमाली जिल्लामा दशैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको थियो । २ नम्बर प्रदेशका ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

अर्थ राजनीति  ~  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको अधिवेशन गत मंसिर ३ गते आह्वान गरेका थिए। सोही दिन प्रदेश सभा सचिवालयले आजका लागि बैठक आह्वान गरेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको वैठकमा प्रमुख […]

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने

अर्थ राजनीति  ~ नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि अष्ट्रेलियाले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । ‘हामीले उपयुक्त सूचनाका आधारमा सुझबुझ र विवेकपूर्ण निर्णय गर्दै […]

” ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कुनै कारण छैन ” : अमेरिकी राष्ट्रपति

अर्थ राजनीति  ~  अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन’, उनले भने । उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन […]

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, लोहनीको समर्थन

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् । ‘मंगलबार बिहान साढे ११ बजे डा. […]