एन्टिबडी बढाउन बुस्टर डोज दिने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुष अन्तिमबाट बुस्टर खोप दिने तयारी गरिएको बताए ।  ‘विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा बुस्टर डोजमा जान चाहन्छौँ,’ उनले भने, ‘सरकार यसमा सजग र तयारी हालतमा छ ।’ पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, […]

५ महिनामा एक खर्ब नाघ्यो निर्यात : भन्सार विभाग

अर्थ राजनीति  ~  नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक एक खर्बमाथिको निर्यात व्यापार भएको थियो । तर, त्यसका लागि १०औं महिनासम्मको व्यापार कुर्नु परेको थियो । चालु आर्थिक वर्ष २०७८/७९ मा भने पहिलो ५ महिनामै निर्यात व्यापारले एक खर्बको आंकडा पार गर्दै कीर्तिमान राखेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु […]

राष्ट्र बैंकले यसैसाता ५२ अर्ब बजारमा पठाउँदै

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त […]

संसद् छिटो सूचारु गराउन पहल गर्न राजेन्द्र लिङदेनको ध्यानाकर्षण

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद् छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराए छ । अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया […]

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने बताइएको छ । अब […]

एमालेद्वारा बागमती प्रदेशसभा अवरोध

अर्थ राजनीति  ~  नेकपा एमालेले  बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ । वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । बिहीबारको […]

” एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व ” : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताए । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए । […]

अस्तव्यस्त काठमाडौँ महानगरपालिका

अर्थ राजनीति ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ । कामपाका अधिकांश कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले फसाएको भन्दै काम गर्न छाडेका छन् । महानगरका कर्मचारी रामप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कर्मचारी […]

राष्ट्र बैंकप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रुष्ट

अर्थ राजनीति  ~  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आयातमा कडाइ गरेको निर्णयप्रति आपत्ति जनाएको छ । बजारमा प्रत्यक्ष प्रभाव गर्ने अत्यावश्यक वस्तुका आयातमा कडाइ गर्दा अभाव भई उपभोक्तालाई महँगो पर्ने भन्दै मन्त्रालयले आपत्ति जनाएको हो । बैंकले मन्त्रालयलाई जानकारी नदिएर एकलौटी निर्णय गर्दा यसले व्यापारमा असर पर्ने भन्दै मन्त्रालयले त्यसको विरोध […]

सभापति देउवालाई दुई तिहाई : शक्तिशाली बन्दै

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो । मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र […]