प्रधानमन्त्री देउवाले भने- जेठ पहिलो हप्ता एकै चरणमा स्थानीय तहको निर्वाचन

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता नै हुने बताएका छन् । मंगलबार बालुवाटारमा कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन एकै चरणमा जेठ पहिलो साता हुने बताएका हुन् । देउवाले बागमती प्रदेश समितिका पदाधिकारीहरूलाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएका छन् । भेटपछि बागमती […]

नेप्से परिसूचक घटेर २८८१ विन्दुमा कारोबार हुदै

अर्थ राजनीति  ~   साताको दोस्रो दिन दोहोरो अंकले घटेको धितोपत्र बजार निकै उतारचढाव पछि मंगलबार उकालो लाग्दै प्रि-ओपनिङ सेसनमा साढे ३ अंक बढेको थियो। बजार खुलेको एक घण्टा नहुँदै १९ अंक अधिक गिरावट देखिएको छ। २८७५.७४ को विन्दुमा खुलेको नेप्से परिसूचक घटेर २८८१ विन्दुमा कारोबार हुँदै छ। कारोबार रकम दुइ अर्ब रुपैयाँ नाघेको छ। हालसम्म […]

” प्रधानमन्त्री एमसिसी पारित गर्ने पक्षमा हुनुहुन्छ “: झलनाथ खनाल

अर्थ राजनीति ~ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने पक्षमा रहे पनि जबरजस्ती गर्ने पक्षमा नरहेको बताएका छन्। नेता खनालले एमसिसीबारे थप अध्ययन नगरी निष्कर्ष पुग्न नसकिने बताए। खनाल सत्तारूढ गठबन्धनबाट एमसिसी अध्ययन गर्न गठित कार्यदलका संयोजक समेत हुन्। कार्यदलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री […]

” तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरुरी ” : राष्ट्रपति भण्डारी

अर्थ राजनीति  ~  राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् । आयोगको वार्षिक प्रतिवेदन ग्रहण बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो […]

पर्यटन बोर्डकाे बैठक बस्दै, सीईओ रेग्मीलाई स्पष्टीकरण सोधिने

अर्थ राजनीति  ~  पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोध्ने निर्णय लिन नेपाल पर्यटन बोर्डकाे बैठक आज बस्दैछ । बेलुकी साढे ५ बजे बस्ने बैठकले सीईओ रेग्मीलाई स्पष्टीकरण सोध्ने निर्णय लिने बताइएकाे छ । रेग्मीविरुद्धको छानबिनका लागि बोर्डले २ पुसमा बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन […]

एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता, प्रमाणित भए हुनसक्छ एक महिना जेल

अर्थ राजनीति  ~   जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी दर्ता भएको छ ।कोरोना संक्रमित हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सहभागी भएर संक्रामक रोग ऐन उल्लंघन गरेको दाबी गर्दै ओलीविरुद्ध उजुरी परेको हो । उक्त उजुरी सोमबार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको युथ कांग्रेसका विनोद देउवा ठकुरीले जानकारी दिए । उजुरीमा संक्रामक […]

एक सातायता निरन्तर घट्दै कोरोना संक्रमण

अर्थ राजनीति  ~  पछिल्ला केही दिन यता नेपालमा कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो […]

७ मन्त्रालय फुटाएर १२ वटा बनाउने प्रदेश १ सरकारको निर्णय

अर्थ राजनीति  ~  प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो। मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन। मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले […]

स्थानीय चुनाव : आयोगलाई १२ अर्ब, सुरक्षालाई २५ अर्ब लाग्ने

अर्थ राजनीति  ~  देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव नेपालको निर्वाचन इतिहासकै महँगो चुनाव हुनेछ । अनुमान गरिएको यो खर्च निर्वाचन आयोगले गर्ने कामका लागि मात्र हो । सुरक्षा […]

तरलता अभावको सिकारमा घर बनाउनेहरु , नयाँ परियोजनालाई ऋण छैन

अर्थ राजनीति  ~  तरलता अभावका कारण काठमाडौं उपत्यकासहित देशभर नै घर निर्माणमा पनि प्रत्यक्ष असर परेको छ। बैंक तथा वित्तीय संस्थाहरुले घर निर्माणका लागि ग्राहकहरुले मागे अनुसार कर्जा प्रवाह गर्न नसक्दा समस्या परेको व्यवसायीहरुले बताएका छन्। काठमाडौंको धापासी क्षेत्रमा लामो समयदेखि घर निर्माण गरी बिक्री गर्दै आएका श्याम भट्टराईले बैंकले पर्याप्त कर्जा नदिँदा घर निर्माणको […]