” एमालेले कांग्रेसको मुटुमा आक्रमण गरिरहेको छ ” : शेखर कोइराला

Artharajniti   ~  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले) ले कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा आक्रमण गरिराखेको बताएका छन्। ४३ औं विपी स्मृति दिवसमा मंगलबार काठमाडौंको बसुन्धारामा भएको गोष्ठीमा बोल्दै कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद विधेयकमा एमालेले कांग्रेसको मुख्य मूल्यमान्यतामा आक्रमण गरेको बताएका हुन्। ‘प्रतिनिधि सभाले संवैधानिक विधेयक पास गर्‍यो, हामीहरूले पास […]

विद्या भण्डारीसँग ओली : ” सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो “

Artharajniti  ~  नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पुगेकी थिइन् । राजनीतिक प्रयोजनका निम्ति आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् । राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष […]

“आर्थिक समृद्धिका लागि लगानी आवश्यक” : चन्द्रप्रसाद ढकाल

Artharajniti  ~  नेपालको आर्थिक विकासलाई गति दिन ठूलो परिमाणमा स्वदेशी र विदेशी लगानी आवश्यक छ । हाल नेपालले दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक खर्बौं लगानी गर्नुपर्ने देखिन्छ, तर हामी न्यून लगानी गरिरहेका छौं । अर्थात् हामीसँग पर्याप्त लगानी गर्न सक्ने क्षमता छैन । मुलुकमा १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ, […]

विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

Artharajniti  ~  गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले  विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो ।अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।‘लोकसेवाबाट आएका […]

” समृद्धि हासिल गर्न नीतिगत सुधार गर्नुपर्छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । आज सीएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे […]

भीम रावलको कटाक्ष : “सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?”

Artharajniti  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् । आज सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।  ‘एमालेमा ७० वर्षे […]

“श्रम बिना प्रगति सम्भव छैन ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउनुभएको हो । ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने […]

प्रचण्डलाई शेखरले भने– ” पहिला यो गठबन्धन सरकार ढाल्ने प्रयास गर्नुस् “

Artharajniti ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् । स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर […]

केपी ओली र ईश्वर पोखरेलबीच नोकझोंक : ईश्वर :- “अब तपाईंले छोड्नुस् “

Artharajniti  ~  विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १० घन्टा बढी जारी रह्यो ।बिहीबार दिउँसो पौने २ बजेबाट सुरु भएको बैठक मध्यरात सकिएको थियो । बैठकमा पार्टी विधानको प्रस्तावमाथि लामो छलफल चल्यो ।उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरूले आफ्ना कुरा राखेका थिए । पौडेलले ल्याएको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, […]

महेश बस्नेत : ‘२४ लाख ५७ हजार हस्ताक्षर फेसबुक र टिकटकको कथा मात्रै’

Artharajniti  ~  नेकपा (एमाले) का नेता महेश बस्नेतले रवि लामिछानेको पक्षमा सङ्कलित भनिएको २४ लाख ५७ हजार हस्ताक्षरप्रति शङ्का व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले यो सङ्ख्या ‘फेसबुक र टिकटकमा मात्रै सम्भव हुने कथा’ भन्दै व्यङ्ग्य गरेका हुन् । ‘२४ लाखको पोस्टको गफ, २४ हजारको यथार्थ,’ उनले लेखेका छन्, ‘अदालतमा मुद्दा जिताउन हस्ताक्षरको बण्डल […]