” मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत ” : माधव नेपाल

अर्थ राजनीति  ~  एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन् । कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट […]

आज प्रतिनिधि सभाको बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णायार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति […]

” बिग्रेको अर्थतन्त्रलाई सम्हाल्छाैँ र लयमा फर्काउँछाैँ ” : अर्थ मन्त्री पौडेल

अर्थ राजनीति  ~  राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालु आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको देशको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव देशको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण […]

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह

अर्थ राजनीति  ~  नेपाल बार एशोसिएशनले  सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले सोमबार जारी गरेको विज्ञप्तिमा  करिव एक वर्ष भन्दा लामो समयदेखि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमै चल्नुपर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासन अनुकूल मान्न नसकिने उल्लेख गरिएको […]

१२ गतेदेखि एकिकृत कारोबार गर्दै हिमालयन र सिभिल बैंक

अर्थ राजनीति  ~  हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले फागुन १२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई १०० […]

वार्ता गर्न सरकारले बोलायो आन्दोलनरत यातायात मजदुरलाई

अर्थ राजनीति  ~   सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी […]

” स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्छ ” : कांग्रेस महामन्त्री थापा

अर्थ राजनीति ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन्। सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा आज देशैभर बिदा दिएको थियो। यसबारे कांग्रेसका नेताहरूको धारणा माग भइरहेका बेला आज ट्वीट गर्दै महामन्त्री थापाले सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उल्लेख गरेका छन्। ‘अब संसदमा […]

” राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ ” : गभर्नर अधिकारी

अर्थ राजनीति   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताउनुभएको हो । गभर्नर अधिकारीले शेयर बजार बढ्नु र घट्नु स्वभाविक भएको बताउनुभयो । उहाँले […]

रेशम चौधरीलाई भेट्न जेलमै पुगे मुख्यमन्त्री शाह

अर्थ राजनीति  ~  सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसँगै ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले विश्वासको  मत पाउने वातावरण बनाउन सक्रियता बढाएका छन् । माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएर २७ गते पद तथा गोपनियताको सपथ लिएका शाह २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको परिवारका सदस्यहरुलाई भेट्न उनको […]

रास्वपाको बैठक बस्दै, केन्द्रीय सदस्य थप्ने तयारी

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो बस्दै छ। दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुनेछ। अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ। केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए। आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ। […]