” घरको होस् वा बार्दलीको, सबैमाथि छानविन हुनुपर्छ ” : गगन थापा

अर्थ राजनीति ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भुटानी शरणार्थीमा नाम मुछिएका सबैमाथि छानविन हुनुपर्ने बताएका छन् । बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन् । उनले अहिले सरकारको परीक्षा समेत भइरहेकोसमेत बताए। ‘शरणार्थी प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्’ उनले भने, ‘यो सरकारको परीक्षा पनि हो […]

“नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ ” : स्वर्णिम वाग्ले

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए । उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’ […]

“भ्रष्टाचारको सबै फाइल खोलेर अघि नबढाए संसद चल्न दिँदैनौँ ” : ज्ञानेन्द्र शाही

अर्थ राजनीति  ~  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । कर्णालीको विकासका लागि पैसा नभएको […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अर्थ राजनीति  ~  मन्त्रिपरिषद् बैठक आज पनि बसेको छ । मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको थियो।  प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसैबीच मंगलबार मात्रै सरकार ११ औं पटक विस्तार भएर मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो। आजै साढे […]

नक्कली भुटानी शरणार्थी प्रकरण : आज १६ जनाविरुद्ध अदालतमा अभियोजन दर्ता

अर्थ राजनीति  ~  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीलाई बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्ने कार्यालयका प्रमुख […]

लक्ष्मी / सनराइज बैंक मर्जर प्रक्रिया आघि बढ्यो

अर्थ राजनीति ~  सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्जरको एजेण्डासहित साधारणसभा डाकेको छ। नियमित साधारणसभाबाटै बैंकले मर्जरको एजेण्डा पनि पारित गर्न लागेको हो। बैंकले असार ३ गते साधारणसभा डाकेको छ। लक्ष्मी बैंकले भने विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गर्ने छ। उसको नियमित साधारणसभा भइसकेको छ। सनराइजको यसपाली लाभांश प्रस्ताव छैन। उसले मर्जरको एजेण्डालाई नै प्राथमिकतामा राखेको […]

गोकुल बास्कोटा : “नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय, परिणाम सुन्ना “

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले सुन्दा लोकप्रिय भए पनि परिणाम नआउने बताए । उनले भने–‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र […]

५५ खर्ब रुपैयाँ पुग्यो बैंक वित्तीय संस्थाको निक्षेप

अर्थ राजनीति  ~  बैंक तथा वीत्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैकका अनुसार, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको समेत गरी कुल निक्षेप ५५ खर्ब नाघेको हो। कुल निक्षेपमध्ये बाणिज्य बैंकहरुको ४८ खर्ब ५१ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी पनि साढे ४८ खर्ब पुगेको छ। […]

आजबाट काठमाडौँमा ‘सम्पदा बस’ सेवा सुरु

अर्थ राजनीति  ~  आज देखी काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा […]

प्रहरीले बुझायो झन्डै ३ हजार पेजको प्रतिवेदन

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । […]