आज मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री दाहालको तयारी

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीमण्डल पुनर्गठन गर्ने संभावना रहेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नु भएको हो । माओवादी पार्टीकै भागबाट मन्त्री दिने गरी जनमत पार्टीलाई सरकारमा सामेल गर्न लागिएको बुझिएको छ । जनमत पार्टीले मन्त्री बनाउन अनिता देवी साहको नाम प्रधानमन्त्री […]

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

अर्थ राजनीति ~ काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौँ उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक […]

गण्डकी प्रदेशसभा बैठक बस्दै

अर्थ रमजनीति ~ गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो । गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसै गरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा […]

सुन तस्करी प्रकरण : आईजीपीलाई अनुसन्धान टोलीको ब्रिफिङ

अर्थ राजनीति  ~  करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरुले प्रहरी प्रमुखलाई ब्रिफिङ गरेका छन् । मंगलबार सीआईबीका एसपी संजयसिंह थापा नेतृत्वको टोलीले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ब्रिफिङ गरेका हुन् ।आइतबार राजस्व अनुसन्धान विभागले हालसम्मको अनुसन्धान प्रगति विवरणसहितको ‘फायल’ सीआईबीलाई हस्तान्तरण गरेको थियो । सोमबार ब्युरोकी एआईजी किरण बज्राचार्यले एसपी […]

महावीर पुन : “कानुन मिच्ने मलाई कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद”

अर्थ राजनीति ~  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई कारबाही गरेको गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा पुनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिएका हुन् । पुनले विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो । त्यसपछि पुनले सामाजिक सञ्जालमा […]

“गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा आत्मालोचित छौं ” : डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’ बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ […]

कर्नालीको मर्म पुस्तकको परिचर्चा “इतिहास¸ विकास र भविश्यको खोजी”

अर्थ राजनीति ~ विभिन्न समालोचकहरुले डा. दीपेन्द्र रोकायाद्धारा लिखित “कर्नालीको मर्म” पुस्तकले कर्नालीको इतिहास¸ विकास र भविश्यको खोजी गरेको बताएका छन्। उनीहरुले नेपाल विकास अनुसन्धान प्रतिस्ठानको कार्यालयमा आयोजित कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन्। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले कर्नालीको मर्मको सात वटै अध्यायले फरक फरक सन्देश प्रवाह गरेको बताउँदै त्यसमा कर्नालीबाट […]

ललिता निवास प्रकरण : चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ राजनीति ~  ललिता निवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयगरि सहयोग पुर्‍याएको आरोपमा चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०ले अनुसन्धान गरिरहेको यस प्रकरणमा पूर्व मन्त्री तथा सरकारका पदाधिकारीहरुमाथी पनि अनुसन्धान गर्न अदालतले बाटो खोले लगतै चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी […]

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन […]