मन्त्रीको राजीनामापछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै तोके जिम्मेवारी

Artharajniti  ~  पछिल्लो समय मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की आफैले लिएकी छन्।  आइतबार खेलकुद मन्त्री वब्लु गुप्ता, सोमबार सञ्चामन्त्री जगदीश खरेल र मंगलबार शिक्षा तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका थिए। उनीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैलाई तोक्न सिफारिस गरेकी थिइन्।  सोही सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती […]

रास्वपाका वरिष्ठ नेता बालेनले झापा-५ बाट गरे उम्मेदवारी दर्ता

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा -५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताउनुभयो […]

कांग्रेस विवाद : देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासमा

Artharajniti  ~  नेपाली कांग्रेसको विशेष महाधिवेशको विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट दायर भएको रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी परेको छ । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत लगएको थियो । गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर […]

बौद्धमा उज्यालो नेपालको बृहत् भेला

Artharajniti  ~  काठमाडौँको बौद्धमा उज्यालो नेपाल पार्टीको बृहत् भेला सम्पन्न भएको छ । सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौँमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको हो । भेलामा सहभागी वक्ताहरूले यस पटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढता व्यक्त गरे। […]

” निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ ” : एमाले

Artharajniti   ~   नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराईले सो भनाइ राखेका हुन् । उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्न […]

देउवा पक्ष : “गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र”

Artharajniti ~  शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका […]

” देशलाई इमानदार नेतृत्व चाहिएको छ ” : बालेन शाह

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।आज २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन् । ” २०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका […]

“गगनसँग जानेहरू चोइटिएर गएका हुन्, संस्थापन हामी हौँ ” : डा. कोइराला

Artharajniti  ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँगै रहेको दाबी गरे । आयोगमा बोल्दै कोइरालाले आफूहरू यहाँ आउनुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए । उनले निर्वाचन आयोगले […]

रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिए

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये जिल्ला अदालत कास्कीमा सहकारी ठगीका साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा परिमार्जन गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएपछि राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । नेकपा एमालेका सचिव महेश बस्नेतले यो खबर अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको बताए। बस्नेतले सामाजिक […]

माघमा १२ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~  माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये १२ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटेको हो। सात बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ। प्राइमले ४.२५ प्रतिशतबाट बढाएर ब्याजदर ४.४ प्रतिशत दिने भएको हो। […]