‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

Artharajniti  ~ नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो । चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर […]

आज प्रतिनिधि सभाको बैठक बस्दै

Artharajniti~  संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । त्यसैगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूचि पनि रहेको छ ।

उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Artharajniti  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकममा प्रबन्ध निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा दायर गरिएकाहरुमा उद्योग सचिव मधुकुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना […]

सुन प्रकरणमा फेरि संसद अवरोध गर्ने तयारीमा एमाले

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल थालेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठक एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रचण्डले एमालेसँग छलफल थालेका हुन्। छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएपछि छलफलका लागि बालुवाटार गएको […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

artharajniti  ~  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य […]

” यो सरकार रहनु देशका लागि दुर्भाग्य ” :-अध्यक्ष ओली

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार […]

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलो ल्याउन मिल्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको […]

सभापति रवि लामिछाने :–” हामीबाहेकको सहमतीय सरकार बनाउनुस् “

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना सबै दलको संयुक्त सरकार बनाउन ती दललाई सुझाव दिएका छन् । देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्षका लागि पुराना दल एकैठाउँमा उभिन सुझाव दिएका छन् । ‘हामी बाहेकको  सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं,’ उनले सामाजिक सन्जालमा […]

कार्यवाहक प्रधानमन्त्री खड्का :- “अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको छ “

Artharajniti   ~  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको दाबी गरेका छन्। उनले आर्थिसक गतिविधि बढाउन विभिन्न कार्यक्रम गरिरहेको बताए। तर अर्थतन्त्र चलायमान बनाउन सरकारले सञ्चालन गरेका कार्यक्रम के हुन् भन्ने चाहिं उनले प्रष्ट पारेनन्। कार्यवाहक प्रधानमन्त्री खड्काले बिहिबार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पुगेर भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना […]

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

Artharajniti  ~  ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ। बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन्। कात्तिक ३ गतेसम्म लागू हुने यस अभियान […]