कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

Artharajniti  ~  नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ ।

दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

Artharajniti  ~  इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता […]

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु

Artharajniti  ~  जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु भएको छ । सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो । उहाँले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका […]

प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि उनले बैठक डाकेका हुन् । आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । त्यसअघि, आजै अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय छ । […]

इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा सरकारले आवश्यक प्रबन्ध गर्ने

Artharajniti   ~   इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।  […]

राष्ट्र बैंकको नयाँ नीतिले पनि बढेन लगानीकर्ताको मनोबल

Artharajniti  ~  राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा आइतबार सेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक १.८२ प्रतिशत अर्थात ३५.६७ अंकले घट्दै १९२१.२४ विन्दुमा झरेको छ । केन्द्रीय बैंकले गत बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको […]

कोशीमा चौथोपटक पनि ढल्यो सरकार

Artharajniti  ~  सर्वोच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो । प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको […]

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Artharajniti ~  सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा एक बजेर एक मिनेट जाँदाका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी […]

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

Artharajniti  ~   बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए । उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी […]

” बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti   ~  प्रधामन्त्री प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् । सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् । बैठकमा भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको बताउँदै राहत र […]