सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीकै मिलेमतो

Artharajniti  ~  तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी […]

भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने पूर्व सम्झौतालाई मूर्त रूप दिने तयारी

Artharajniti ~  भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमण नजिकिएसँगै नेपाली पक्ष विद्युत् व्यापार सम्झौताको तयारीमा जुटेको छ । यही वर्षको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको थियो । प्रधानमन्त्री स्तरीय भ्रमणका क्रममा हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले एकस्वरमा यो विषयको घोषणा गरेका […]

एनसेलबारे प्रधानमन्त्री : ” कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही गर्छौँ “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको हो । बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ । एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले भने– “म कोप सम्मेलनका […]

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा

Artharajniti  ~  त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सोहीका […]

१८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाउन थाले

Artharajniti  ~   लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पौष महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ । हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, […]

प्रधानमन्त्री दाहाल : ” आफ्ना कुरा भन्ने अरूका कुरा नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा सहभागी रहे। यो कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँगै छिमेकी महानगर, काठमाडौंका मेयर बालेन शाह पनि सहभागी थिए। प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर शाहले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए। प्रधानमन्त्रीले चाहने […]

नेपाल बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ५ जना अन्तर्वार्ताका लागि छनोट

Artharajniti  ~  नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिएका ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ । आइतबार बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी पदमा दरखास्त दिएका १९ जना उम्मेदवारहरूमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरी प्रकाशित गरेको हो । छनोट हुने उम्मेदवारहरूमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, […]

” सत्ता र प्रतिपक्ष मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण ” : अध्यक्ष लिङदेन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता र प्रतिपक्ष समेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा जारी केन्द्रीय कार्यसमितको बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाका विषयमा ‘ब्रिफिङ’ गरेका छन् । उनले राप्रपा सत्ताकेन्द्रित नभएर आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको […]

एकैदिन एक हजार तीन सय रूपैयाँ घट्यो सुनको मूल्य

Artharajniti  ~  शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ। गत शुक्रबारको […]

” पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ ” : महामन्त्री थापा

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन् । महामन्त्री थापाले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिए । […]