१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

Artharajniti  ~  सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्र मार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ । ५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, […]

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

Artharajniti   ~  यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।  सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर […]

काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा कम

Artharajniti  ~  काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो । यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै […]

” जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ ” : उपप्रधानमन्त्री श्रेष्ठ

Artharajniti  ~   उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा […]

शेयर बजारमा २५.६३ अंकको गिरावट, ७ अर्ब ६७ करोडको कारोबार

Artharajniti  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २५.६३ अंकले घटेर दुई हजार एक सय ३० दशमलव १८ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका […]

रास्वपा सभापति जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

Artharajniti  ~  ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले जानकारी दिए । जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड […]

” देश संकटतिर धकेलिँदैछ, सरकार बोझ भयो ” : प्रदीप ज्ञवाली

Artharajniti  ~  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बर्तमान सरकार देशका लागि बोझ बनेको बताएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकारका कारण देश संकटतिर धकेलिएको बताए । सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको भन्दै उनले तत्काल ढाल्न सक्ने अवस्था समेत नरहेको बताए । देशको अर्थतन्त्र विकराल […]

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक

Artharajniti  ~  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपालमा सञ्चालित २० वटै वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसरा यस अवधिमा बैंकले ३ अर्ब २० करोड […]

” जागिर खाने नाममा गलत बाटो नजाऔँ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए । उनले भने, पत्रकारले राखेको जिज्ञासामा “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग […]

क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ

Artharajniti  ~  राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले  भने । ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा […]