बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति

Artharajniti   ~  नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँकाे बीचमा टुंगिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिए । दुवै देशका उच्च सरकारी तहबाट सहमती प्राप्त भएपछि विद्युत् बिक्रीसम्बन्धी हस्ताक्षर हुने उनले […]

राष्ट्रिय सभाको निर्वाचन अघि गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

Artharajniti  ~  सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि […]

बैंकका मोबाइल एपबाट भुक्तानी गर्न समस्या

Artharajniti  ~ आज बिहानदेखिनै केहि बैंकका मोबाइल एपहरुमा समस्या देखिएको छ। यसैगरी मोबाइल वालेटहरुमा पनि भुक्तानीको समस्या आएको छ। मोबाइल बैंकिङ्ग प्रयोग गर्ने पसलेहरु र ग्राहकहरुले बिहानैदेखि भुक्तानीको समस्या भोगेका छन्। गठ्ठाघरस्थित खुद्रा पसले राजिवले आज बिहानदेखि मोबाइल वालेटबाट भुक्तानीमा समस्या आउँदा केहि ग्राहकहरुले सामाननै नलगेको बताए। उनकाअनुसार केहि बैंकको एप पनि नखुलेपछि अप्ठ्यारो परेको […]

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति

Artharajniti   ~  सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको […]

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

Artharajniri  ~  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक […]

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १६ गते काठमाडौँमा जनसंघर्ष

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेस गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो । राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा […]

बैंकिङ संगठन : “राज्यको धरपकडले बैंकिङ क्षेत्र आतंकित बनेको छ “

Artharajniti   ~   बैंकरहरुले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका छन् । बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् । […]

सरकारसंगको वार्ता निष्कर्षविहीन : आन्दोलन थप चर्काउँदै मिटरब्याज पीडित

Artharajniti  ~  सरकारसंगको वार्ता निष्कर्षविहीन भएपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूले तीन पटकसम्म पनि वार्तामा सहमति नभएपछि वार्तालाई निरन्तरता दिँदै आन्दोलनलाई थप सशक्त बनाउने भएका हुन् । सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा […]

” सरकार जनताको मागअनुसार अघि बढ्न सकेन ” : अध्यक्ष ओली

Artharajniti   ~ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।  बुधबार विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । […]

घट्यो आज सुनचाँदीको मूल्य

Artharajniti   ~  नेपाली बजारमा सुनकाे मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रूपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार […]