ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच समझदारी

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह […]

कांग्रेस महामन्त्री थापा : ” प्रचण्डको चरित्रकै कारण अहिलेको परिस्थिति बन्यो “

Artharajniti  ~  नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका छन् । विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताए । महामन्त्री थापाले भने,‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार […]

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

Artharajniti  ~  बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो । पछिल्लो समय बैंक […]

कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो । “अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Artharajniti   ~  परिवर्तिन राजनीतिक घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् । मंगलबार […]

भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई एमालेको आग्र

Artharajniti  ~ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन आग्रह गरेको छ। मंगलबार बसेको एमालेको सचिवालय बैठकले भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो। ‘कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय भएको छ,’ बैठकपछि एमाले […]

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Artharajniti  ~  ग्लोबल आईएमई बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । २३३ शाखा कार्यालयमार्फत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता भएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ । सातवटै प्रदेशमा […]

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ समीकरणका लागि गृहकार्य तीव्र

Artharajniti  ~  दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । कांग्रेस सभापति […]

नागरिक उन्मुक्तिमा विवाद झन् चर्किदै

Artharajniti  ~  रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको […]

बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल

Artharajniti   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने […]