‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ’ : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले […]

कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण

Artharajniti  ~  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको सरकारले यसपटक भने ६ बुँदे स्पष्टीकरण सोधेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ६ बुँदे स्पष्टीकरण सोधिएकोमा घिसिङले त्यसको जवाफ भने दिइसकेका छैनन् । ऊर्जामन्त्री खड्काले आजै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । […]

प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

Artharajniti  ~  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि गर्‍यो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने […]

” राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने” : उपसभापति डीपी अर्याल

Artharajniti  ~ रवि लामिछाने ज्यूँदो छँदासम्म पार्टी सभापति रहने घोषणा गरेका रास्वपा उपसभापति डीपी अर्यालसहितका नेताहरूले सोमबार दिउँसो कास्की प्रहरीको हिरासतमा आधा घण्टा बिताए । डीपीले आइतबारको भाषणमा भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो । हिरासतमा बसे पनि, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो […]

प्रधानमन्त्री ओली : ” उद्योग धन्दा बन्द गर्न र देश टाट पल्टाउन दिइँदैन “

Artharajniti  ~  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा […]

” सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा लागेको छ ” : माओवादी केन्द्र

Artharajniti  ~  नेकपा माओवादी केन्द्रले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादीले यस्तो बताएको हो । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै […]

रवि लामिछानेलाई आजै रूपन्देही ल्याउने तयारी

Artharajniti  ~  सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ। सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन्। पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन […]

काटिएको विद्युत लाइन आज १२ बजेसम्म जोड्न सरकारको निर्देशन

Artharajniti  ~  सरकारले उद्योगहरूको काटिएको विद्युत सोमबार मध्याह्न १२ बजेसम्म जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको छ। गत कात्तिक ८ गते विद्युत महसुलवापतको बक्यौता नबुझाएको भन्दै ४० बढी उद्योगको लाइन काटिएको थियो। त्यस्तै […]

राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन्।यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।

” हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ ” : देउवा

Artharajniti   ~  सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा […]