” गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन्।नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको बताए।‘राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा र कठिनाइहरूप्रति सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर निर्माण […]

प्रधानमन्त्री दाहालले बोलाए संवैधानिक परिषद्को बैठक

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो। प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ। सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। परिषद्‌मा अध्यक्ष प्रचण्ड, सदस्यहरुमा प्रधानन्यायाधीश […]

एसईई आजबाट सुरू, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

Artharajniti ~  माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदैछ ।आजदेखि चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा […]

” सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो ” : प्रधानमन्त्री ‘प्रचण्ड’

Artharajniti  ~  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पार्नुभयो । उहाँले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र […]

गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

Artharajniti  ~  संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ । उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका […]

रुस सरकारले माग्यो सेनामा कार्यरत १५ नेपालीका परिवारको डिएनए

Artharajniti  ~  रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि डिएनए नमूना पठाइदिन नेपाल सरकारसँग आग्रह गरेको छ। रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते पत्र लेखेर डिएनए नमूना पठाइदिन भनेको हो। डिएनए नमूना माग गरिएका १५ जना रुसी सेनाको अवस्था भने सार्वजनिक भइसकेको छैन। कन्सुरल विभागका महानिर्देशक प्रकाशमणि पौडेलकाअनुसार डिएनए टेष्टका […]

समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको चेतावन

Artharajniti  ~   नेपाली कांग्रेसले प्रतिनिधि सभाको अर्को बैठकअघि संसदीय छानबिन समिति गठन नगरे संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधवारको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराएका थिए। लगतै सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेलाई बोल्ने समय दिए। न्यौपानेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति […]

” कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन ” : गृहमन्त्री लामिछाने

Artharajniti   ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण […]

काठमाडौं महानगरपालिका : “सहकारीको ऋण समयमै तिर्नू अन्यथा असुली प्रक्रिया अगाडि बढाइन्छ “

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ। महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी  गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो। महानगरले केही सहकारी संस्थाहरूमा तरलताको […]

सुन तस्करी प्रकरण: माओवादीका उपाध्यक्ष महरा पक्राउ

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका थिए ।  उनका छोरा राहुल महरा सुन […]