रूपन्देहीमा देउवा : ” बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ “

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँण निर्दोष रहेकोले न्याय पाउने बताएका छन्। नेपाली कांग्रेस, रूपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाँणलाई फसाइएकोले उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए। ‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु,’ कार्यक्रमलाई सम्बोभन गर्दै उनले भने, ‘हाम्रा वकिल साथीहरू लागिरहेका […]

कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्दै, लुम्बिनीको सम्मेलन मंसिर १६ र १७ मा

Artharajniti  ~  देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ । प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ […]

” राजा ल्याउन खोज्ने चेष्टा नगरे हुन्छ ” : अध्यक्ष नेपाल

Artharajnii  ~  नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताए । उनले भने सरकारले गलत काम गरेको  छ भने सरकारका विरुद्धमा […]

जहाज खरिद प्रक्रिया छिट्टैअघि बढाउने वायु सेवा निगमको तयारी

Artharajniti   ~  नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो । निगमका प्रवक्ता […]

पूर्वराजा र राप्रपाका नेताहरुबिच भेटवार्ता

Artharajniti  ~  पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच आइतबार भेटवार्ता भएको छ । झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका हुन् । धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएपनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राप्रपाका नेताहरुका अनुसार पूर्वराजाले राजावादीहरुसँग सामूहिक भेट […]

पाँच वर्षपछि लगानी सम्मेलन गर्दै सरकार

Artharajniti  ~  तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । सरकारले यसअघि २०७५ साल चैतमा तेस्रो लगानी सम्मेलन गरेको थियो । त्यसको ठिक पाँच वर्षपछि आगामी वर्ष २०८१ सालको वैशाख दोस्रो सातामा चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको हो । यो ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ […]

” अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण “: राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको […]

हमासले चार दिनभित्र ५० बन्धकलाई रिहा गर्ने

Artharajniti  ~  इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने भएको छ । यस क्रममा अस्थायी रुपमा युद्ध रोकिने पनि इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । इजरायलको मन्त्रिपरिषद बैठकले उक्त सम्झौतालाई अनुमोदन गरेसँगै यसको औपचारिक जानकारी दिइएको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले यसबारे औपचारिक जानकारी दिँदै भनेको […]

सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस

Artharajniti  ~  न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो । त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको […]

“बैंक ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन्छ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन् । उनले व्यवसायी […]