पक्राउ पुर्जीविरुद्ध आन्दोलनमा विप्लवको पार्टी

Artharajniti  ~  नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी आन्दोलनमा उत्रिएको छ । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो । यस्तै पक्राउ पुर्जीविरुद्ध […]

विप्रेषण पठाउँदा औपचारिक माध्यम प्रयोग गर्न प्रहरीको आग्रह

Artharajniti  ~  नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो। यसरी विदेशी रकम […]

रूसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

Artharajniti  ~  नेपाल प्रहरीले रूसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ‘अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रूस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण […]

सञ्चारमन्त्री : “एनसेल खरिदबिक्रीमा अनियमितता पाइए कारबाही हुन्छ “

Artharajniti  ~  सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज विज्ञप्ति जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन्। सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा […]

मन्त्रिपरिषद्‍मा तत्काल कुनै परिवर्तन नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍मा तत्काल कुनै हेरफेर नहुने बताएका छन्। दुबईमा भएको कोप-२८ सम्मेमलनमा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्रि हेरफेरको विषय आफ्नो दिमागमै नरहेको बताए। ‘यस विषयमा गठबन्धनमा छलफल भएको छैन। सोचिएको पनि छैन। मेरो दिमागमै छैन। यो र्‍युमर मात्र हो,’ उनले भने। […]

देउवालाई नेतृत्व छाड्न नेताहरुको सार्वजनिक मञ्चबाटै दबाब

Artharajniti  ~  नेपाली कांग्रेसमा महासमिति बैठकका लागि जिल्ला जिल्लामा सम्मेलन जारी छ। लुम्बिनी प्रदेशमा भएको प्रदेश सम्मेलनमा भने नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध आवाज बुलन्द पार्न थालेका छन्। शुक्रबारमात्र संस्थापनइतरका नेता डा. शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए। ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा […]

दुर्गा प्रसाईंको पत्रकार सम्मेलन : वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा

Artharajniti  ~   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनका […]

बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

Artharajniti  ~   नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा खाणलाई कांग्रेसले सम्मान गरेको हो। सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्।‘राजनीतिक […]

वायुसेवा निगमका अध्यक्ष हटाउन माग गर्दै कर्मचारीले गरे आन्दोलन

Artharajniti  ~  नेपाल वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई हटाउन माग गर्दै कर्मचारीहरूले आन्दोलन गरेका छन्। तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै वायुसेेवा निगम कर्मचारी संघले आन्दोलन गरेका हुन्।आइतबार निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्षलाई प्रवेश निषेध गरिएको संघका अध्यक्ष मान बहादुर कुँवरले बताए। उनका अनुसार संघले अध्यक्ष अधिकारीको बहिर्गमन […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजविहान  ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीकाक प्रेस सल्लाहकार गोविन्द आचार्यले  जानकारी दिए ।उनका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ । ‘नियमित बैठक मंगलबार बस्नुपर्ने थियो । प्रधानमन्त्रीज्यूको व्यस्तताले बस्न सकेन । त्यसैले […]