राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै : मन्त्री कृष्णगोपाल श्रेष्ठ

अर्थ राजनीति  ~  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो । सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको […]

ओली र माधव नेपाल पक्षको आज छुट्टाछुट्टै कार्यक्रम

अर्थ राजनीति  ~  नेकपा एमाले भित्रको आन्तरिक विवाद साँघुरिएको साटो थप फराकिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पक्षले गत फागुन २८ गते आफू निकटका केही नेता भेला गरेर पार्टी विधान विपरित गरेका निर्णयहरु रद्ध गर्न नमानेपछि एमालेभित्रको विवाद थप फराकिलो बन्दै जाने संकेत देखिएको छ । विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार […]

सरकारमा रहेका मन्त्रीलाई सरकार छाड्न माओवादीको पत्र

अर्थ राजनीति  ~  ६ जना मन्त्रीलाई नेकपा (माओवादी केन्द्र)ले सरकार छाड्न पत्रचार गरेको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएको भन्दै तत्काल मन्त्रीबाट फिर्ता हुन भन्दै पत्रचार गरेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए । मन्त्रीहरुलाई पत्र हातमै बुझाएका छौ, पार्टीको निर्देशन नमान्नेलाई कारवाही गर्ने तयारीमा छौ ढकालले भने,। पत्र बुझ्नेहरुमा गृहमन्त्री रामबहादुर […]

बिहान भएको बम विस्फोटका गम्भीर घाइतेलाई काठमाडौं लगियो

अर्थ राजनीति  ~  सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाउने तयारी भएको प्रहरीले जनाएको […]

माओवादीबाट एमालेमा गएका सांसदहरुको पद धरापमा पर्ने देखियो

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रका संघीय संसदका ६ र प्रदेश सभाका ७ सांसद एमालेमै बस्ने भएपछि उनीहरुको सांसद पद धरापमा परेको छ । आफ्नो पूर्व पार्टीमा नफर्किने भएपछि माओवादी केन्द्रको शनिवार बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा बादल सहितका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने आइतबारको […]

टोपबहादुर रायमाझी : मन्त्री र सांसद पद गए पनि ओलीसंगै रहने

अर्थ राजनीति  ~  नेकपा (एमाले)का नवमनोनीत केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौं गरिएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरूको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने […]

बाबुराम भट्टराई भन्छन्– जसपा आफैँले नेतृत्व गर्छ

अर्थ राजनीति  ~ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको बताएका छन् । सत्ता समीकरणका सम्बन्धमा जसपाको भूमिका के हुने भन्ने प्रश्नले महत्व राखिरहेको सन्दर्भमा भट्टराईले आफ्नो पार्टी देशको नेतृत्व गर्न सक्ने एकल  शक्ति भएको पनि प्रष्ट पारेका छन् । उनले ट्विट् गर्दै जसपाले गणतन्त्र, संघीयता, […]

सरकार विकास निर्माणको कार्यलाई अघि बढाउदै – प्रधानमन्त्री केपी शर्मा ओली

अर्थ राजनीति  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आइतबार आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहीले विरोधकै लागि भए पनि […]

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे पछि बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणको प्रयासका बारेमा अध्यक्ष पुष्पकमल […]

आफू निकट केन्द्रीय सदस्यसँग प्रधानमन्त्री ओली छलफलमा

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफू निकट केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका छन् । एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् । एमालेले केन्द्रीय समितिको बैठक १ चैतमा बस्दैछ । छलफलका लागि केन्द्रीय सदस्यहरू बालुवाटारमा जम्मा भइरहेका […]