नागरिक लगानी कोषमा पाँच जना ‘सर्टलिस्ट’

Artharajniti   ~  नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा दावी गरेकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनौट भएका छन्। पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ छनौट भएका हुन्। उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि डाकिएको छ। रमण नेपाल अवकाश भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो। त्यसमध्येबाट ५ जना छनौटमा […]

“अहिलेको आर्थिक संकटको जड १५ बर्ष पहिलेदेखिको हो ” : स्वर्णिम वाग्ले

Artharajniti ~  अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले मुलुकले अहिले भोगिरहेको अर्थिक संकट जडको अहिलेको नभइ १५ बर्ष पुरानो भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपालले मंगलबार तुलसीपुरमा आयोजना गरेको व्यवसायीसंग अर्थसम्वाद कार्यक्रममा वाग्लेले सन २००८ देखि बैंकले सजिलो रुपमा कर्जा जारी गर्दै गएपछिको परिणाम अहिलेको अवस्था आएको बताएका हुन्। सन २००० तिर […]

प्रधानमन्त्री मन्त्री हेरफेरको प्रयासमा : सभापति देउवा अनिच्छुक

Artharajniti  ~  एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्। प्रधानमन्त्री दाहालले केही दिनयता मन्त्री परिवर्तन गरेर भए पनि अबका वर्ष जनताले महसुस गर्ने गरी सुशासन, विकास र सेवा प्रवाहमा सरकारले काम गर्ने दोहोर्‍याउँदै आएका हुन् । […]

” ठगी खानेलाई होइन , गरी खानेलाई ऋण दिनुहोस् ” : गभर्नर अधिकारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन। नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन। आफूले आज चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने, “उक्त फार्म […]

अध्यक्ष रवि लामिछाने : “आक्रमण र मुद्दाले पछि हट्दिनँ “

Artharajniti  ~  रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् । खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला […]

अर्थतन्त्र लयमा आइरहेको अर्थमन्त्री महतको दाबी ‘निर्धक्क लगानी गर्दा हुन्छ’

Artharajniti   ~   अर्थमन्त्री डा. प्रकशशरण महत अर्थतन्त्र सुधारप्रति ढुक्क देखिएका छन्। कांग्रेसको वाग्मती प्रदेश सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले अब अर्थतन्त्रले लय लिने बताए। ‘अर्थतन्त्रले अब लय समात्छ। लगानीकर्ताले निर्धक्क लगानी गर्दा हुन्छ,’ उनले भने, ‘कांग्रेसका मन्त्रीहरूले इमानदारीपूर्वक काम गरेका छन्। अब सकारात्मक संवादको आवश्यकता छ।’ अर्थतन्त्रका सूचकहरुमा निरन्त सुधार रहेको उनले आफ्ना पार्टीका […]

” आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन सकेन ” : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन नसकेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको दोस्रो पदस्थापन समारोहमा आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको बताएका हुन्। राष्ट्रपतिले कोभिड-१९ महामारीको प्रभावस्वरूप शिथिल भएको अर्थतन्त्रलाई पुनरूत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव परेको […]

सङ्कल्प यात्राबारे दस्ताबेज सार्वजनिक गर्ने एमालेको तयारी

Artharajniti  ~  मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘सङ्कल्प यात्रा अत्यन्त सफल भयो, व्यापक […]

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशको शपथग्रहण आज

Artharajniti  ~  सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुने भएको छ । उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउन लागेका हुन । हिजो मात्रै राष्ट्रपति पौडेलले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका थिए । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक […]

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै […]