प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

अर्थ राजनीति  ~ साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी […]

कांग्रेस महाधिवेशन : केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

अर्थ राजनीति  ~  अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको छ । महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने

अर्थ राजनीति  ~  कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ ।  बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए । प्रमुख सत्ता साझेदार दल भएकाले पनि माओवादी केन्द्रले सरकार विस्तारको बारेमा बृहत […]

“पार्टी सञ्चालनमा सभापति देउवा पूर्ण असफल” : कांग्रेस नेता सिंह

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेका सभापति शेरबहादुर देउवाबाट पार्टी सञ्चालनमा असफल भएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले देउवाले पार्टीलाई चलायनमान बनाउन नसकेको टिप्पणी गरे । “गत संसदीय निर्वाचनमा कांग्रेस पराजित भएपछि राखिएको समीक्षा बैठकमा मैले सभापतिजीलाई नैतिकताका आधारमा राजीनामा दिनुहोस् भनेको थिएँ,” उनले […]

सर्वोच्चमा ‘समानान्तर पूर्णबैठक’को तयारी, गोलाप्रथाका लागि गृहकार्य

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई अस्विकार गरेका सर्वोच्च अदालतका असन्तुष्ट १९ न्यायाधीशहरुले समानान्तर पूर्णबैठक (फूल कोर्ट)को तयारी गरेका छन् । प्रधानन्यायाधीश जबरा बाहेकका सबै न्यायाधीश सहमत भएमा विहीबार उनी बाहेकको पूर्ण बैठक बस्नेछ र सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथासम्बन्धी निर्देशिकाको मस्यौदा पारित गर्नेछ । ‘पूर्ण बैठकमा हामी सबै न्यायाधीश उपस्थित भएर नियमावली संशोधन […]

” प्रदेशको पहिचानका लागि विश्वविद्यालय ” : मुख्यमन्त्री पोखरेल

अर्थ राजनीति  ~  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन्। गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल […]

इजलास फर्किने न्यायाधीशलाई वरिष्ठ अधिवक्ता शम्भु थापाको सुझाब

अर्थ राजनीति ~  वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई इजलासमा फर्किनुअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई घुस खानु भएको छ कि छैन भनेर सोध्न आग्रह गरेका छन् । जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले आफूहरुले जबरा भ्रष्टाचारमा डुबेको देखेको बताए । उनले अघि भने, ‘जो हतार हतार इजलासमा […]

आजदेखि विद्युतीय राहदानी अर्थात् इ–पासपोर्ट जारी गरिने

अर्थ राजनीति  ~  आजदेखि विद्युतीय राहदानी अर्थात् इ–पासपोर्ट जारी गर्दै छ। बुधवार दिउँसो एक कार्यक्रमका बिच राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल दिईने विभिन्न ६ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्न लागेको हो। नयाँ पासपोर्ट मंसिर १५ […]

पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु हुने खुसीसँगै प्याराग्लाइडिङ रोकिने चिन्ता

अर्थ राजनीति  ~   साहसिक खेल गतिविधिका निम्ति प्रख्यात पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेकै स्थान र अवस्थामा प्याराग्लाइडिङ उडान हुन नसक्ने अधिकारीहरूले औँल्याएका छन्। अहिले प्याराग्लाइडिङ उडान हुँदै आएको पोखराको सराङकोट क्षेत्र हवाई उडान परिधिभित्र पर्ने हुँदा हवाई उडान र प्याराग्लाइडिङ उडान एकसाथ गर्न समस्या हुनसक्ने उनीहरूको भनाइ छ। पर्यटन व्यवसायीले भने हवाई […]

बार र बेन्च तनाव कहिलेसम्म ?

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । बार एसोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् […]