सुरेन्द्र पाण्डे : ” यसपटकको बजेट कुन घराना केन्द्रीत ल्याको ? “

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा आगामी आर्थिक वर्षको बजेट कुनै व्यापारिक घरानालाई केन्द्रित गरेर ल्याएको हो भनि प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेट माथीको छलफलमा बोल्दै उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारले ल्याएको बजेटले नेपाली उद्योग सुकाउनमा जोड दिईएको […]

उत्पादनमुखी बजेट सकारात्मक रहेको सांसदहरुको धारणा

अर्थ राजनीति  ~  प्रतिनिधिसभाका सदस्यले उत्पादनमुखी भएको बजेट सकारात्मक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनीहरूले बजेट कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरेका छन्। बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्र र जनतालाई केन्द्रमा राखेर ल्याइएकाले […]

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

अर्थ राजनीति  ~   सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । […]

” भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ ” : विनोद चौधरी

अर्थ राजनीति ~  नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने […]

योगेशकुमार भट्टराई : ” कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट कटौती भएको हो ? “

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको भन्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भीर आशंका व्यक्त गर्नुभएको छ ।हो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू […]

मेलम्ची सुरूङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने

 अर्थ राजनीति   ~  मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो । बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका बन्द गरिएसँगै महाङ्कालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । […]

सरकारले संदनमा प्रस्तुत गरेको बजेटमाथिको छलफल आजदेखि

अर्थ राजनीति  ~  सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको […]

विमान दुर्घटनामा परेका २१ जनाको शव भेटियो

अर्थ राजनीति  ~   तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार बिहान भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरू मध्ये सोमबार बेलुकासम्म २१ जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार विमान परिचालिका किस्मी थापा अझै बेपत्ता भएकी छन् […]

” निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन ” : मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताउनुभएको हो । […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन

अर्थ राजनीति  ~  सर्वोच्च अदालले विवादमा पारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।  सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक हप्ता पहिला मात्रै निजगढ विमानस्थलको सम्पूर्ण निर्माण कार्य स्थगन गर्न आदेश दिएको थियो । तर आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई […]