कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ

Artharajniti  ~  प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो। सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार […]

” माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti   ~  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । आज बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो […]

बालेनविरुद्ध सडक विभागको ‘एक्सन’

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध सडक विभागले ‘एक्सन’ लिएको छ । बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ । यसअघि मेयर शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा […]

कैलाश सिरोहियालाई छोड्यो हाजिर जमानीमा

Artharajniti   ~  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा छुटेका छन्। उनलाई अब अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै प्रहरीले हाजिर जमानीमा छोडेको सिरोहियाका वकिल रमण कर्णले  बताए। ‘सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो,’ कर्णले भने। उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको […]

“कांग्रेसको विरोध औचित्यहीन ” : उपसभापति डा. वाग्ले

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा कांग्रेसको विरोध औचित्यहीन भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लले संसद्‌मा कांग्रेसले गरिरहेको अवरोधलाई औचित्यहीन भएको बताएका हुन् । नेपाली कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसद्को ओझ, गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप वाग्लेले लगाए । ‘६५ वर्ष अगाडि नेपाली […]

मंगलबार दिउँसो १ बजे बजेट भाषण

Artharajniti  ~  सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे […]

युद्धविराम घोषणाका लागि पुटिनको सर्त

Artharajniti  ~ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हप्ता युक्रेनसँग वार्ताको लागि संकेत दिन सक्ने बताइएको छ । उनले अहिलेसम्म रसियाले युद्ध जितेको स्थानलाई सीमा क्षेत्र मानेर युद्धविरामको प्रस्ताव राख्न सक्ने उनी निकट स्रोतले जनाएको छ । पुटिनले रसियाको युक्रेनसँगको युद्ध ‘फ्रिज’ गर्न खोजेको र अहिलेसम्म रसियाले लिएको भू–भाग विजय घोषणा गर्नका लागि पर्याप्त भएको पुटिन […]

सहकारी प्रकरण : व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

Artharajniti  ~  सहकारी समस्या समाधानका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफल विना निष्कर्ष सकिएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबिच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री […]

कांग्रेसले नाराबाजीका साथ गर्‍यो संसद् अवरुद्ध

Artharajniti   ~  प्रतिपक्षीको नाराबाजीबीच सदनमा आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच आइतबार संशोधनमाथि छलफल भएको छ । प्रमुख प्रतिपक्षी […]

कैलाश सिरोहियालाई बयान गराइँदै, आज दोस्रोपटक म्याद लिइने

Artharajniti  ~  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले  बताए । यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने डीएसपी अवाले जानकारी दिए । […]