ललिता निवास प्रकरण : आज पनि सर्वोच्चमा सुनुवाइ हुने

अर्थ राजनीति  ~  ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आव पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी […]

” बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ ” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले बताएका हुन् । बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए […]

” सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर” : महासचिव पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदा समेत कारबाही नगरिएको  गुनासो गरेका छन् । सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा समेत उठ्नुपर्ने महासचिव पोखरेलले बताए । ‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही […]

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ। भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]

” सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छ ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ अघि बढाइरहेको उल्लेख गरे । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई […]

सांसदलाई ५ करोड दिने कार्यक्रमविरुद्ध सर्वोच्चमा रिट

अर्थ राजनीति  ~  संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको असार ४ गतेका लागि पेशी समेत तोकिएको छ। आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ […]

ऋण विस्तारको लक्ष्य निरन्तर घट्दै, ११% मा झार्ने

अर्थ राजनीति  ~  गत आर्थिक वर्ष १२.६ प्रतिशत ऋण विस्तारको लक्ष्य लिएको नेपाल राष्ट्र बैंकले यसपालि लक्ष्य अझै घटाउने भएको छ। उसले पूर्वघोषित नीति अनुसार नै निजी क्षेत्रमा जाने ऋणको लक्ष्य तर्जुमा गर्न लागेको हो। केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल गार्हस्थ उत्पादन (जीडीपी) बराबर पुग्ने गरी राष्ट्र बैंकले निजी क्षेत्रमा जाने ऋण विस्तारको लक्ष्य […]

बञ्चरेडाँडावासीद्वारा फोहोर विसर्जनमा रोक

अर्थ राजनीति  ~  संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका छन् ।उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन् । स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । ककनी–३, […]

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसको साउन २ गतेबाट केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको बताइएको छ । लामो समयपछि बस्न लागेको केन्द्रीय समिति […]

नेपाल रेल्वेको सेवा विस्तार, अब बिजलपुरा सम्म रुट

अर्थ राजनीति  ~  नेपालको एकमात्र रेल सेवा ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहा (विजलपुरा) सम्म सेवा विस्तार गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् । १५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा सञ्चालनमा थियो । आजदेखि १७ किलोमिटर दुरी थप भइ ५२ […]