प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति ~ प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ ।यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ । यसैगरी […]

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

अर्थ राजनीति ~ सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका छैनन् […]

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख चार महिनामै हटाइए

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो । ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान […]

बैंकिङ कसुरको बढ्दो ग्राफ, पक्राउ पर्नेभन्दा फरार हुने धेरै

अर्थ राजनीति ~ पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत […]

सभामुखको एक्लो प्रयासले मात्र संसद्को जारी गतिरोध अन्त्य हुँदैन : सभामुख घिमिरे

अर्थ राजनीति ~ सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्न नसकिने बताउनुभएको छ । संघीय संसद् सचिवालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको स्पष्ट पार्दै एक्लो प्रयासले मात्र जारी गतिरोध अन्त्य नहुने बताउनुभएको हो । उहाँले संसद् अवरोध हुँदा सदनको समय,सम्पत्ति र क्षमता खेर […]

संसद अवरोध सरकार र गठबन्धनका कारण भएको हो : एमाले सचेतक

अर्थ राजनीति ~  नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताएका छन् । बुटवलमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले […]

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

अर्थ राजनीति ~ स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो । भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्कनुभएका उहाँले यतिबेला बाख्रापालनबाट वार्षिक […]

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

अर्थ राजनीति ~ सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको […]

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

अर्थ राजनीति ~ लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ […]

ओली : ” आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो “

अर्थ राजनीति ~  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाएका छन् । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको आरोप लगाए । ‘सुन तस्करी प्रकरणमा […]