आफ्नै वचनमा अडेनन् राष्ट्रपति, नियम विपरीत लिए ५५ लाख उपचार खर्च

अर्थ राजनीति  ~  सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भए मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ । सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् । छातीको समस्याले उपचारका लागि ६ […]

आज प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री […]

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति, बोलायो संसदीय दलको बैठक

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे […]

गभर्नर चाहन्छन् चालु पुँजीकै पैसाबाट लगानी होस्

अर्थ राजनीति  ~  दुई महिनाअघिसम्म पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने बाटो खोलिदिन आग्रह गरिरहेका बैंकरहरुको अहिले बोली फेरिएको छ। पैसा भएर पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंकहरुलाई अहिले पुँजी नबढाइ भएकै छैन। बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, पुँजी वृद्धि नगर्ने हो भने २० मध्ये १० बैंक आगामी वर्ष केही नगरी हात बाँधेर […]

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् । आज सभामुख देवराज घिमिरेसहित सिंहदरबारका बसेको बैठकमा उक्त सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि […]

ललिता निवास जग्गा प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ। नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ढिसमिस भएको छ। सीआईबीका एसएसपी दिनेश आर्चायका अनुसार यही प्रकरणमा सीआईबीले ३ वर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदन […]

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार, थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

अर्थ राजनीति  ~  सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने निर्णय गरेको हो । कोसी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको नेकपा […]

देशभरका कानुन व्यवसायी प्रदर्शनमा

अर्थ राजनीति  ~  देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको घटनालाई लिएर कानुनी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् । यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण […]

जनमत सरकारमा जान तयार, प्रधानमन्त्रीसंग राखे तीन शर्त

अर्थ राजनीति  ~  जनमत पार्टी शर्तसहित सरकारमा जान सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज  बिहान जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटि विभिन्न तीन शर्त राख्दै सरकारमा जान सकारात्मक देखिएका हुन् । नेता राउतले प्रधानमन्त्रीसंग बजेटमा देखिएको असमानता हटाउने, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्रीलाई जिम्मेवारी दिने र संघमा मन्त्रीका विषयमा […]

२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार

अर्थ राजनीति  ~ सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो । कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब […]