कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

Artharajniti   ~  नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर्णय गरेको हो । बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ । पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको कांग्रेसले […]

” नदी किनारबाट थप २० मि फैसलामाथि सरकार छिट्टै पुनरवलोकनमा जान्छ “: प्रधानमन्त्री

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरवलोकन (भ्याकेट) मा जाने बताएका छन्। उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर […]

” गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो ” : सभापति लामिछाने

Artharajnit  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आए पनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए । उनले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा […]

दिनको १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

Artharajniti ~  संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको १ बजे बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।यसको साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या […]

राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले  कडाइका साथ  राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न  निर्देशन दिनुभएको हो । उहाँले रु १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार […]

३० वर्षे प्रहरी सेवा: सरकारद्वारा भ्याकेट निवेदन दर्ता

Artharajniti  ~  गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरूद्ध मङ्गलबार भ्याकेट निवेदन दर्ता गराएको छ । गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृहमन्त्रालय कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिनुभयो । कार्यपालिकाबाट भई आएको कानुनबमोजिमको कामलाई बिनाकानुनी आधार एकतर्फी सुनुवाइबाट जारी […]

” कांग्रेस–एमाले समीकरण भत्किन्छ, माओवादीलाई खोज्दै आउँछन् “: प्रचण्ड

Artharajniti   ~   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् । त्यो बेला दलहरु सरकार बनाइदिनुपर्‍यो भन्दै माओवादी खोज्दै आउने समेत बताए । पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’, उनले […]

” नेपाली समाजमा नैतिकता हराउँदै गयो ” : सभापति देउवा

Artharajniti   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधनका क्रममा नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए । उनले विरोध गर्नेहरू पछाडि कसको हात छ […]

” मलाई अध्यक्ष भइरहन मन छैन तर स्वाट्ट छाड्न सक्दिनँ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन्। बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै अध्यक्ष प्रचण्डले बसिरहने चाहना नभएको तर स्वाट्टै  छाड्न भने तयार नभएको बताएका हुन्। ‘मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन। ३६ वर्षदेखि निरन्तर नेतृत्वमा […]

पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि समितिले बोलायो

Artharajniti   ~  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो। लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले […]