समाजवादी मोर्चाको बैठक सुरु

अर्थ राजनीति ~ चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा […]

विचार : राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

अर्थ राजनीति ~ नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उहाँको निधनले नेपाली समाजले […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति ~ प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ ।यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ । यसैगरी […]

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

अर्थ राजनीति ~ सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका छैनन् […]

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख चार महिनामै हटाइए

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो । ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान […]

बैंकिङ कसुरको बढ्दो ग्राफ, पक्राउ पर्नेभन्दा फरार हुने धेरै

अर्थ राजनीति ~ पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत […]

सभामुखको एक्लो प्रयासले मात्र संसद्को जारी गतिरोध अन्त्य हुँदैन : सभामुख घिमिरे

अर्थ राजनीति ~ सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्न नसकिने बताउनुभएको छ । संघीय संसद् सचिवालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको स्पष्ट पार्दै एक्लो प्रयासले मात्र जारी गतिरोध अन्त्य नहुने बताउनुभएको हो । उहाँले संसद् अवरोध हुँदा सदनको समय,सम्पत्ति र क्षमता खेर […]

संसद अवरोध सरकार र गठबन्धनका कारण भएको हो : एमाले सचेतक

अर्थ राजनीति ~  नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताएका छन् । बुटवलमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले […]

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

अर्थ राजनीति ~ स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो । भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्कनुभएका उहाँले यतिबेला बाख्रापालनबाट वार्षिक […]

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

अर्थ राजनीति ~ सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको […]