” बिग्रेको अर्थतन्त्रलाई सम्हाल्छाैँ र लयमा फर्काउँछाैँ ” : अर्थ मन्त्री पौडेल

अर्थ राजनीति  ~  राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालु आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको देशको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव देशको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण […]

” राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ ” : गभर्नर अधिकारी

अर्थ राजनीति   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताउनुभएको हो । गभर्नर अधिकारीले शेयर बजार बढ्नु र घट्नु स्वभाविक भएको बताउनुभयो । उहाँले […]

पैसा भएर पनि बैंकहरुले ऋण दिन मानिरहेका छैनन्

अर्थ राजनीति   ~  माघ २३ गतेसम्म बैंक तथा वित्तीय संस्था (बीएफआईज्) मा ५३ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कमर्सियल (वाणिज्य) बैंकहरुमा मात्र ४७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदै गर्दा यता ख, ग र घ वर्गका वित्तीय कम्पनीहरूले ६ खर्ब ३९ अर्ब रुपैयाँ बढी निक्षेप सङ्कलन गरेका छन् । तर, […]

अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न परिसंघको माग

अर्थ राजनीति  ~  नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगलाई अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न आग्रह गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटी परिसंघका पदाधिकारीहरूले यस्तो आग्रह गरेका हुन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्व गएको पदाधिकारीले नव नियुक्त उपाध्यक्ष श्रेष्ठलाई शुभकामना दिँदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला […]

नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे

अर्थ राजनीति  ~  नेपालमा २ करोडभन्दा बढीले मोबाइल बैंकिङ प्रयोग गर्ने गरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५३ हजार ४२० देखिएको हो। उक्त प्रयोगकर्ताले पुसमा १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन्। मंसिरमा १ […]

नयाँ तथ्यांक सार्वजनिकसँगै शेयरबजार तीव्र वृद्धि

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर […]

चार वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई जरिवाना तिराएको हो । यी चार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेकोले जरिवाना तिराइएको विभागले जनाएको छ । जसमा […]

बैंक ऋण : एकल ग्राहक कर्जा सीमा घटाउने तयारी

अर्थ राजनीति  ~  एउटै ऋणीले अर्बौं पैसा चलाउने र उसको व्यवसायमा  थोरै पनि समस्या आउँदा समग्र प्रणाली नै जोखिममा पर्ने अवस्था न्यूनीकरण गर्न राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा घटाउने भएको छ। विद्यमान व्यवस्था अनुसार, एउटा ऋणीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको २५ देखि ५० प्रतिशतसम्म ऋण लिन पाउँछ।  बैंक तथा वित्तीय संस्थाहरुको […]

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

अर्थ राजनीति  ~  गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२  बजे देखि  लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने […]

सरकारले ट्रेजरी बिलवाट ऋण उठाउने

अर्थ राजनीति  ~  सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । सरकार […]