कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ

Artharajniti  ~  प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो। सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार […]

” ६ % को आर्थिक वृद्धिका लागि कम्तीमा ११ % ले कर्जा विस्तार हुनुपर्छ ” : अध्यक्ष केसी

Artharajniti  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिका लागि कम्तीमा ११ प्रतिशतले कर्जा लगानी वृद्धि हुनुपर्ने बताएका छन् । चालू आर्थिक वर्षको ९ महिनाको स्थितिमा निजी क्षेत्रको कर्जा प्रवाह ४.३ प्रतिशत मात्र रहेकोमा यसलाई थप विस्तार गर्ने नीति चाहिने उनले बताए । आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटको […]

” बजेटमा वित्तिय क्षेत्र सुधार कार्यक्रम आउनु सकारात्मक ” : डेपुटी गभर्नर मिश्र

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्त्वपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उक्त कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए। ‘बजेटमा यस्तो नीति […]

जेठ लागेदेखि ऋण लगानी ठप्पजस्तै, बैंकहरु रिकभरीमा केन्द्रित

Artharajniti  ~   अहिले बैंकहरुको सम्पूर्ण ध्यान ‘रिकभरी’ अर्थात डुबेको ऋण उठाउनमा केन्द्रित छ।  ऋण डुब्दा खराब कर्जा अनुपात बढेको छ, पुँजी कोषमा दबाब परेको छ। नाफा खुम्चिएको छ। व्यापार बढाउन नसक्ने अवस्था बनेको छ। त्यसैले बैंकहरुले डुबेको ऋण उठाएर पुँजी कोष सुधार गर्दै व्यापार बढाउन खोजिरहेका छन्।  ‘नयाँ ऋण लगानी ऋण ठप्पै त म भन्दिन, […]

” नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ ” : अध्यक्ष ढकाल

Artharajniti  ~  निजी क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमसँग मेल खाने बजेट ल्याउन सुझाव दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रतिक्रिया दिदै […]

” राजस्व परिचालनमा समस्या हो,अर्थतन्त्र कमजोर हैन।” Dr. Ramesh Paudel | Member – National Planning

अर्थ राजनीति ~ राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेश चन्द्र पौडेल र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्धर्भिक कुराकानी : बाकि अंश हेर्नको लागि तल click गर्नुहोला –

बैंकहरूले जेठका लागि घटाए ब्याजदर

Artharajniti   ~  जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ। सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै […]

चिलिमे जलविद्युतको नाफा ४७ करोडभन्दा बढी

Artharajniti   ~  चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४७ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिको तुलनामा भने कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले […]

६ बैंक राष्ट्र बैंकको कारबाहीमा

Artharajniti   ~  राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ। राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो। लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड […]

ग्लोबल आइएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको लगानी

Artharajniti  ~  स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंकलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रूपैयाँ लगानी गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका हुन्। उक्त लगानीलाई बैंकले कृषि, लघु, […]