प्रधानमन्त्री केपी ओलीविरुद्ध अवहेलना मुद्दाको पेसी आज

Artharajniti   ~  गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अवहेलना मुद्दाको पेसी आज तोकिएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेर ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त […]

घट्यो सुनचाँदीको मूल्य

Artharajniti  ~   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा  सुनको आज मूल्यमा उच्च अंकको गिरावट आएको छ ।  नेपाल […]

“अर्थतन्त्रमा क्रमिक सुधार भएको छ ” अर्थमन्त्री पौडेल

Artharajniti   ~  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको  पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताउनुुभयो ।देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उहाँले […]

तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६७ […]

बैंकहरूबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरूबाट ६० अर्ब रूपैयाँ खिच्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ। बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न […]

ग्लोबल आइएमई बैंकले फोटोपत्रकारलाई क्यामरा खरिदको लागि कर्जा दिने

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ। यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना […]

पाथीभरा केबुलकारको विषय जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत : राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् । ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल […]

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक जनचेतना कार्यक्रम सम्पन्न

Artharajniti  ~  नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका […]

आज तोलामा १९०० रुपैयाँले बढ्यो सुनको मूल्य

Artharajniti   ~  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो । महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख […]

आज सुनको मूल्य २ हजार ३ सयले बढ्यो

Artharajniti  ~  नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २३ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा […]