राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त रकम […]

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध […]

” चेक अनादरमा अपराधिकरण नगर्ने कि भन्ने सोचमा छौं ” : गभर्नर

Artharajniti  ~  दोहोरोपना हटाउँदा १० लाख ऋणीमा डेढ लाख मानिस कालो सूचीमा परेको भन्दै गभर्नर डा‍. विश्वनाथ पौडेलले चेक अनादरमा लचिलो नीति लिने विषयमा छलफल भईरहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छैठौं वार्षिक साधारण सभामा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले यस्तो जानकारी गराएका हुन्। पौंडेलले भने, ‘दोहोरोपना हटाउँदा अहिले करिब १० लाखले कर्जा […]

८ प्रतिशत नगद लाभांश दिँदै ग्लोवल आइएमइ बैंक

Artharajniti  ~  ग्लोवल आइएमई बैंकले आफ्ना शेरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने भएको छ । १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रश्तुत […]

“लगानीको वातावरण नबन्दा वित्तीय प्रणालीमा पैसा थुप्रियो ” : गभर्नर पौडेल

Artharajniti  ~ नेपाल राष्ट्र बैंकका डा.विश्वनाथ पौडेलले वित्तीय प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्य समितिसँगको भेटघाटमा उनले लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा पैसा लगानी हुन नसकेको उल्लेख गरे। ‘अहिले हामीसँग पर्याप्त पैसा छ, तर लगानी हुन सकेको छैन,’ गभर्नर पौडेलले भने, […]

आज नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दैछ । दशैँ, तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र […]

एकैदिन ४९ सयले बढ्यो सुनको मूल्य

Artharajniti  ~  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । […]

राष्ट्र बैंकको कारबाहीमा परे दुई बैंक

Artharajniti ~  दुई बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म)को अवधिमा कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्। कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार गर्न नपाइने भएपनि कुमारी बैंकले यस्तो गरेपछि सचेत गराइएको हो। कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले […]

५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो समय रहेको अधिक तरलता नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा तान्दै आएको छ । राष्ट्र बैंकले हप्तामा दुई दिन आइतबार बुधवार निरन्तर रूपमा बैंकहरुको निक्षेप खिच्दै आएको छ । आइतबार मात्रै  ९० अर्ब निक्षेप तानेको राष्ट्र बैंकले बुधवार ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो । निक्षेप सङ्कलन उपकरण […]

राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

Artharajniti  ~  राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।   विदेशी व्यवस्थापन विभाग हेरिरहेका रेवती प्रसाद नेपालले अब सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग सम्हाल्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरूवा भएका छन्।  विश्रुत थापाले वित्तीय संस्था सुपरिवेक्षण विभागमा र दयाराम शर्मा गमर्नरको […]