“५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ ” : गभर्नर पौडेल

Artharajniti  ~ गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे । राष्ट्र बैंकसँग […]

“ब्याजदर घटाएर मात्र कर्जा माग बढ्दैन ” : डा. प्रकाश कुमार श्रेष्ठ

Artharajniti  ~  राष्ट्र बैंकले आउँदो साउन पहिलो सातासम्म आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। यसका लागि सबै पक्षसँग सुझाव माग्ने क्रम चलिरहेको छ।यसै सन्दर्भमा मौद्रिक नीतिले अहिलेका आर्थिक समस्या कसरी सम्बोधन गर्न सक्छ भन्नेबारे  बैंकिङ क्षेत्र, उद्योगी व्यवसायी लगायत सरोकारवालाहरूको धारणा समेट्न  राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक […]

पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायीहरू

Artharajniti  ~  सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिएका छन्। शुक्रबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले र्‍याली निकालेका हुन्। माइतीघर मण्डलदेखि निकालिएको उक्त र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुनेछ। व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरूको पनि साथ रहेको छ। सुनचाँदीमा लगाइएको कर […]

आज ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । यसअघि गत आइतबार केन्द्रीय बैंकले ६३ दिनकै लागि […]

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा”

Artharajniti  ~ ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, […]

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

Artharajniti  ~  पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।  इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि […]

आज सुनचाँदीको भाउ घट्यो

Artharajniti  ~  सुनचाँदीको भाउमा आज बुधबार पनि गिरावट आएको छ । मंगलबार तोलाको १ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार […]

नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब झिक्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैकले बजारबाट पैसा झिक्न लागेको हो । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । लामो समयदेखि बजारमा पैसा […]

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचक, कर्जाको अवधि लम्बियो

Artharajniti  ~  नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जा र निर्देशित कर्जामा लचक भएको छ । अर्थतन्त्र चलायमान हुने अपेक्षामा केन्द्रीय बैंकले दुवै पक्षलाई सहज गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैकले कर्जामा कडाइ गरेका कारण अर्थतन्त्रले गति लिन नसकेको आरोप लाग्दै आएको थियो । तर, नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेल कर्जा सम्बन्धी व्यवस्थाहरुमा लचिलो बनेका हुन् […]

नयाँ मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई महासंघको सुझाव

Artharajniti  ~  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले नेपाल राष्ट्र बैंकलाई २० बुँदे सुझाव दिएको छ। महासंघ  प्रदेश समितिले  नयाँ मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई स्पष्ट, पारदर्शी र पूर्वसुचित मापदण्डमा आधारित बनाउनु पर्ने माग गरेको छ। ‘मौद्रिक नीतिले आयातमा निर्भर व्यवसाय, कच्चा पदार्थ तथा प्रविधिमा […]