” लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ ” : अर्थमन्त्री पुन

Artharajniti   ~  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् ।  सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास […]

ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल ग्रिन आवास कर्जा योजना

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ। यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ। वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ। यस योजनाअन्तर्गत […]

प्रभु बैंकको सञ्चालकबाट तीन जना बाहिरिए

Artharajniti  ~  प्रभु बैंक लिमिटेडको सञ्चालक समितिबाट तीन जना सदस्य बाहिरिएका छन् । संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा.गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् । २०८१ वैशाख ७ गते बसेको बैंक सञ्चालक समितिको ३३५ औँ बैठकले केन्द्रीय समिति समक्ष तीन जना सदस्य खड्का, कालिकोटा र गीता प्रधानले […]

” निती बाट होइन निर्देशनबाट देश चलेको छ ” । Kush Prasad Malli | Chairman – Reliance Finance Ltd.

अर्थ राजनीति ~ Reliance Finance Limited का Chairman श्री कुश प्रसाद मल्ली र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता श्री मनोज पौड्याल बिच भएका अर्थतान्त्रिक तथा समय सान्धर्भिक कुराकानी : बाकि अंश हेर्नको लागि तल click गर्नुहोला :-

सरकार सहकारी पीडितको पक्षमा नरहेको देउवाको आरोप

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सहकारी पीडितको पक्षमा नदेखिएको आरोप लगाएका छन्। उनले आइतबार पार्टीको संसदीय दलको बैठकमा आफूहरुले सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय उठाउँदा पनि बेवास्ता गर्नुले सरकार पीडितको पक्षमा नरहेको स्पष्ट भएको बताए। सहकारीको बचत हिनामिनाको विषयमा संसदीय समिति गठनको माग गर्दा सरकार यो विषय छल्न संसद् नै बन्द […]

बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै दिन थाले ऋण

Artharajniti  ~   निक्षेप थुप्रिएर लागत नै बढेपछि बैंकले ग्राहकलाई आकर्षित गर्न नयाँ योजना ल्याउन थालेका छन्। पाँचवटा वाणिज्य बैंकले बिना धितो मोबाइल एपबाटै ऋण दिन थालेका छन्। अन्य केही बैंकले पनि यस्तो सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। एभरेष्ट, नबिल, एनआईसी एसिया, एनएमबि र सरकारी स्वामित्वको कृषि विकास बैंकले ‘फोन लोन’ सेवा सञ्चालनमा ल्याएका हुन्। […]

बैंकबाट ऋण लिएर सेयर किन्ने बढे

Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष फागुनसम्म बैंकहरुले ८५ अर्ब ७० करोड रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका छन्। गत असारको तुलनामा यो रकम १२.३ प्रतिशतले बढी हो। असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ […]

बैंकहरुले अब स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई निर्देशन गरेको छ । चैत १९ गते एक पत्र काट्दै मन्त्रालयले यस्तो निर्देशन गरेको हो । हाल स्थानीय तहको सञ्चित कोषमा मौज्दातको रुपमा रहेको सरकारी पैसाको अधिकतम ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना […]

सुनको मूल्यमा नयाँ कीर्तिमान

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा […]

बैंकमा थुप्रियो ६ खर्ब ६१ अर्ब

Artharajniti  ~  कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार, घट्दो ब्याजदर, पर्याप्त तरलतालगायत कारण चालु वर्षको सुरुदेखि कर्जा माग बढ्ने अपेक्षा गरिए पनि अर्थतन्त्रको परिस्थिति सोचेअनुरूप नहुँदा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको हो । बजार माग घटेको र व्यवसायमा कमी आएकाले निजी क्षेत्रको मनोबल खस्किएको […]