नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

Artharajniti  ~   बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए । उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी […]

” बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti   ~  प्रधामन्त्री प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् । सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् । बैठकमा भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको बताउँदै राहत र […]

” कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन” :अध्यक्ष नेपाल

Artharajniti  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्। बुधबार जनकपुरान समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन्। त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए। ‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने। नेपालले सरकारले […]

नेपालगञ्जमा आज पनि कर्फ्यू जारी

Artharajniti   ~  स्थानीय प्रशासनले हिजो (मंगलबार) नेपालगञ्जमा लगाएको कफ्र्य आज पनि जारी छ । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले हिजो नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्य लगाएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गर्ने क्रममा […]

राष्ट्रपतिदेखि सत्ता गठबन्धनमाथि आरोपको वर्षा

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, प्रधानमन्त्री र सत्ता गठबन्धनमाथि आरोपको वर्षा गरेका छन्। ओलीले मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै आरोपको वर्षा गरेका हुन्। उनले आरोप लगाउने क्रममा तथ्य र प्रमाणलाई आधार बनाउनेभन्दा सत्ताबाट बाहिर रहनुपर्दाको आक्रोश पोखेका छन्। नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलाई लिएर उनले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना […]

स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन

Artharajniti  ~  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबीच समन्वय कायम गरिने भएको छ ।  स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि निरन्तर […]

‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

Artharajniti  ~ नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो । चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर […]

आज प्रतिनिधि सभाको बैठक बस्दै

Artharajniti~  संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । त्यसैगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूचि पनि रहेको छ ।

उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Artharajniti  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकममा प्रबन्ध निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा दायर गरिएकाहरुमा उद्योग सचिव मधुकुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना […]

सुन प्रकरणमा फेरि संसद अवरोध गर्ने तयारीमा एमाले

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल थालेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठक एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रचण्डले एमालेसँग छलफल थालेका हुन्। छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएपछि छलफलका लागि बालुवाटार गएको […]