रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा छन् ।पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेटेपछि भैरहवा कारागार सुविधा र सुरक्षा दुवै […]

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका […]

“मुलुकको युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम छन् ” : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको भाग्य र भविष्य कोर्न जिम्मेवारी युवाहरूको काँधमा रहेको बताएका छन् । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताएका हुन् । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको […]

हिमालयन बैंकको नाफा २३ प्रतिशत बढ्यो

Artharajniti  ~   हिमालयन बैंकको नाफा २२.७६ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २३ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५१ करोड रूपैयाँ नाफा गरेको हो। बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन […]

रविलाई थुनामै पठाउन जिल्ला अदालत रुपन्देहीको आदेश

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका […]

“रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ” : मानव अधिकार आयोग

Artharajniti  ~  राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको  प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा […]

“आमाकै नामबाट नागरिकता दिने व्यवस्थालाई सरलिकृत गरेका छौं ” : गृहमन्त्री

Artharajniti  ~   गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नागरिकता ऐन संशोधन गर्न लागिएको बताएका छन्।आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले भने- ‘अहिले हामीले आमाको नामबाट नागरिकता पाउने कुरालाई सरलिकृत गरेका छौं। बुबाको मृत्यु भएको वा जीवितै हुँदा पनि नागरिकता प्राप्तिका […]

महालक्ष्मी विकास बैंकका ४ पूर्वकर्मचारी पक्राउ

Atharajniti  ~   महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखा एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही रहेका छन् । डोटी घर भई कैलालीको भजनीमा बस्दै आएका शाहीसँगै नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवा कक्षकी २८ वर्षीया अम्बादत्त […]

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए […]

राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

Artharajniti  ~  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरे । बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे […]