” देश संकटतिर धकेलिँदैछ, सरकार बोझ भयो ” : प्रदीप ज्ञवाली

Artharajniti  ~  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बर्तमान सरकार देशका लागि बोझ बनेको बताएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकारका कारण देश संकटतिर धकेलिएको बताए । सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको भन्दै उनले तत्काल ढाल्न सक्ने अवस्था समेत नरहेको बताए । देशको अर्थतन्त्र विकराल […]

” जागिर खाने नाममा गलत बाटो नजाऔँ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए । उनले भने, पत्रकारले राखेको जिज्ञासामा “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग […]

आजबाट सुरुहुने शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै

Artharajniti ~  असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कमपालामा भोलि (शनिबार)सम्म चल्नेछ । प्रधानमन्त्री प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले […]

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

Artharajniti  ~  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ । लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको […]

” देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ ” : गृहमन्त्री श्रेष्ठ

Artharajniti  ~   उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

Artharajniti  ~ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ […]

अलपत्र परेका आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले अलपत्र आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मिति समेत प्रस्ताव गर्न एक कार्यदल गठन गरेको हो । कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल, […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ गएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा […]

काठमाडौँ महानगरको ” साइवर सेक्युरिटी निःशुल्क तालिम “, युवाहरूमा उत्साह !

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाले १० वटा महानगर गौरव योजनामध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक समुद्घाटन गरेको छ । मंगलबार सभागृहको हलमा महानगरकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उद्घाटन गरियो । एक अनलाइनसहित ३४ वटा विधाका तालिमका कार्यक्रमहरू तय गरेको महानगरले मंगलबारबाट साइवर सेक्युरिटी तालिमको शुभारम्भ गर्‍यो । चालु आ. व. […]

मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो समिति

Artharajniti  ~  मेलम्चीको पानी वितरण सहजीकरणका लागि खानेपानी मन्त्रालयले समिति गठन गरेको छ। गत पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको नेतृत्वमा समिति गठन भएको हो। समितिको सदस्यमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सिनियर डिभिजनल इन्जिनियर विकेश बधानथ्याचे र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका […]