नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचन

Artharajniti  ~  आगामी चैत २३ गते नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । सत्तापक्षीय नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) का कानुन व्यवसायीहरू गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने विपक्षमा नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले रास्वपानिकट स्वतन्त्र कानुन व्यवसायी संगठनसँग प्यानल […]

राष्ट्रपतिबाट दुवै सदनको हिउँदे अधिवेशन अन्त्य

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ […]

ओलीले थाइल्यान्डमा मोदीलाई भेट्ने सम्भावना कम

Arthrajniti   ~   प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने चाँजोपाँजो मिलाइरहेका छन् । तर थाइल्यान्डमा दुई प्रधानमन्त्रीबिच भेटघाटको सम्भावना नरहेको बताइएको छ । चैत २१ गते (अप्रिल ३)देखि थाइल्यान्डको राजधानी बैंककमा सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) समिटमा भाग लिन नेपाल तथा भारत […]

राप्रपा सांसद दीपक बोहराको निधन

Artharajniti ~ प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि […]

रविद्वारा सभामुखसमक्ष निलम्बन फुकुवा गर्न आग्रह

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । रास्वपाका सभापतिसमेत रहेका रविले आज सभामुखलाई भेटेर आफ्नो सांसद पदमाथि लागेको निलम्बन फुकुवाको माग गरेका हुन् । सहकारी ठगी प्रकरणमा मुद्दा खेपेका रविको संसद पद निलम्बनमा छ । आफ़्बो संसद पद निलम्बन फुकुवाका […]

कुलमान घिसिङको सर्वोच्चमा रिट दर्ता

Artharajniti  ~  आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल […]

विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक १ घण्टाका लागि स्थगित

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले बिहीबार पनि सदनमा अवरोध जारी राखेका छन् । अवरोधका कारण बिहीबार राष्ट्रियसभाको बैठक रोकिएको हो । बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष नारायण दाहालले आग्रह गर्दा पनि उनीहरू बस्न मानेनन् । विपक्षीहरूले अवरोध जारी राखेपछि आजको […]

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट

Artharajniti   ~  सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै बुधवार  रिट निवेदन दर्ता गरेका हुन् ।ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १८ र वडा नं. २५  भैंसेपाटीमा सातै […]

अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत करको घोषणा

Artharajniti  ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका छन् । यो आयातकर घोषणाले विश्वैक व्यापार युद्ध बढ्ने खतरा बढेको हो । ट्रम्पले घोषणा गरेको नयाँ ट्यारिफ २ अप्रिलबाट लागू हुने अधिकारीहरुले जनाएका छन् । जसको अघिल्लो दिन सवारी आयात गर्ने व्यवसायीले चर्को आयातकरको सामना गर्नु […]

” जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन ” : प्रधानमन्त्री

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आँकलन नै नगरेको तथा देश र जनताका लागि परिआएमा यसले […]