गौतम बुद्ध विमानस्थल : क्यालिब्रेसन फ्लाइट फागुन ५ मा, एरो थाइको विमान आउँदै

अर्थ राजनीति  ~  निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन आउँदो फागुन ५ गतेदेखि हुने भएको छ। यसका लागि फागुन ४ गते एरो थाइ कम्पनीले विशेष विमान लिएर आउन लागेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। ‘फागुन ५ गतेबाट क्यालिब्रेसन फ्लाइट सुरु गरिनेछ। अहिले कम्पनीले प्राधिकरणमा कार्यरत प्राविधिक जनशक्तिलाई तालिम दिँदै […]

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

अर्थ राजनीति   ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’ पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक […]

” सभामुख विरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनसक्छ ” : महेश बस्नेत

अर्थ राजनीति  ~  नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्यान्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजिवीहरुको सुझाव पनि छ, सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले ।’उनले सभामुखविरुद्ध […]

काँग्रेस कार्यसम्पादन समिति बैठकअघि शेखर कोइराला समूहका तीन निष्कर्ष

अर्थ राजनीति   ~  नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा  समूहगत धारणा बनाएको हो । २७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्डा छन् । यस विषयमा समूहगत धारणा […]

नेता वामदेव गौतम : ” अमेरिकी सरकार एमसीसी फिर्ता लैजाऊ “

अर्थ राजनीति   ~  नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन् । उनका अनुसार […]

” माओवादीलाई सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी लागेका छन् ” : प्रचण्ड

अर्थ राजनीति   ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको आरोप लगाउनु भएको छ। आज नेत्रविक्रम चन्द नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उहाँले माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको आरोप लगाउनु भएको हो । माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै […]

” देउवा र प्रचण्डले एमसीसी बारे जनतासँग माफी माग्नु पर्छ ” : कमल थापा

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र लेखेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै थापाले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको पनि टिप्पणी गरेका […]

सरकारका प्रवक्ता : ” भ्रमहरु चाँडै दूर भएर एमसीसी कार्यान्वयनमा जान्छ “

अर्थ राजनीति  ~  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । अमेरिकाले दिएको टाइमलाइन […]

काठमाडौँका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज सुरु

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् । पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन्। महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप […]

गोकुल बाँस्कोटा : ” ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ “

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले प्रचण्डको बोलीमा ठेगान नभएको सङ्केत गर्दै कटाक्ष गरेका छन् । ‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?’, उनले कटाक्ष गरेका छन्, ‘परराष्ट्र मामिलाका धुरन्धर […]