श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुर्दै गर्दा २ जनाको मृत्यु

अर्थ राजनीति  ~  श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । चरम अभाव र आकाशिदो मूल्य बृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो । अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले भने । केही सातादेखि […]

” निर्वाचन आयोग र सरकार चुनाव सार्ने षड्यन्त्र गर्दैछन् ” : ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । सोमबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे अहिले पनि लगातार संवाद भइरहेको दाबी गरे । आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको […]

लेटाङ प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

अर्थ राजनीति  ~ मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको […]

युक्रेनका राष्ट्रपति : ” रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ “

अर्थ राजनीति  ~  युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् । रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय […]

प्रधानमन्त्री देउवा आज मोरङ र खोटाङ पुग्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्। उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित […]

राप्रपाले चैत २५ मा खुलामञ्चमा आमसभा गर्ने

अर्थ राजनीति  ~  राप्रपाले यही चैत २५ मा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो। आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । काठमाडौं, […]

दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा हमला, १०० जना हताहत भएको अनुमान

अर्थ राजनीति  ~  दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरुलाई उदृत गर्दै एएफपीले जनाएको छ । विवरणहरु अनुसार ६ ओटा रकेटहरू सो क्षेत्रमा प्रहार भएका थिए ।‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले […]

६० प्रतिशतको घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिनु भएको छ । ओलीकै घमण्डका कारण बामपन्थीहरूको दुईतिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित […]

मधेसमा प्रभाव बढाउँदै ओली, उपेन्द्र–महन्थहरुको साथ मिल्दै

अर्थ राजनीति ~  दोस्रो ‘मधेस आन्दोलन’का क्रममा ‘मधेस विरोधी’ भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी केही दिनअघि नेकपा एमालेमा प्रवेश […]

गठबन्धनबाट चुनाव जितौँला भन्ने होइन आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

अर्थ राजनीति ~   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकार भेटघाटमा माओेवादीले जनतासँगको सम्बन्ध सुदृढ गरेर चुनाव जित्नुपर्ने बताएका हुन् । अहिले नेपालको राजनीति दुई धुव्रको विभाजित भएको भन्दै उनले एकातिर लोकतान्त्रिक गणतन्त्र विरोधी र […]