” कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ ” : अध्यक्ष ओली

Artharajniti  ~ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे […]

संसदमा कांग्रेसको नाराबाजी

Artharajniti  ~  प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरू भएको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि कार्यादेशबारे सहमतिमा दलहरू पुगिसकेका छैनन्। […]

वीरगञ्ज महानगरले उठायो ४० करोड राजस्व

Artharajniti  ~  वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ ।महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी संकलन गरेको हो । महानगरले गत आर्थिक वर्षको १० महिनामा ३६ करोड […]

उपेन्द्र यादवको दुवै रिट पेशीमा

Artharajniti  ~  जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदन सुनुवाइका लागि मंगलवार पेशीमा चढेको छ । यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न दायर गरेका दुवै रिटको पेशी एकै दिन तोकिएको हो । दल विभाजन विरुद्ध दायर भएको रिटको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना […]

सहकारी छानबिन प्रकरण : कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

Artharajniti  ~  सहकारीको रकम अपचलनको विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज बस्दैछ । आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन । गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै […]

कांग्रेससहित विपक्षी दलको बैठक सुरु

Artharajniti   ~  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । कांग्रेसले सहकारी […]

संसदमा गृहमन्त्री: आरोप ढाकछोप गर्न आरोपकै सहारा

Artharajniti  ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारीको बचत हिनामिनाको आरोप खण्डन गर्न आरोपकै सहारा लिएका छन्।गृहमन्त्री लामिछानेले आइतबार साँझ प्रतिनिधि सभा बैठकमा आफूमाथिको आरोपको प्रष्टीकरण दिँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका नेताहरूलाई लाञ्छित गरेका हुन्। गृहमन्त्री लामिछानेले देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। […]

पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन

Artharajniti  ~  कास्कीको पोखरामा प्रहरीले लागुऔषध प्रयोगकर्ताविरुद्ध स्विप अपरेसन चलाएको छ । लागुऔषध सेवनकर्ताले लुटपाट गर्ने, डरत्रास देखाउने र चोरी गर्ने गुनासो आएपछि स्विप अपरेसन चलाएर २१ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए । आइतबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले प्रशिक्षण दिएको छ । प्रयोगकर्ताहरूका अभिभावकलाई पनि सँगै राखेर लागुऔषध नियन्त्रण ब्युरो […]

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था […]

” नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ ” : अध्यक्ष ढकाल

Artharajniti  ~  निजी क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमसँग मेल खाने बजेट ल्याउन सुझाव दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रतिक्रिया दिदै […]