“सरकारमा जाने हामीलाई कुनै रुचि छैन , हामी जनतासँगै ठिक छौँ ” : अध्यक्ष दाहाल
Artharajniti ~ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन्। १ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए। […]