” कांग्रेस/एमाले सत्तालाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ” : एमाले सचिव भट्टराई

 Artharajniti  ~    नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने बताएका छन् ।  आज संघीयसंसद् भवन परिसरमा सञ्चारकर्मीहरूसग कुरा गर्दै उनले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे । उनले कांग्रेस–एमालेबिचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने […]

” राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन ” : डा. शशाङ्क

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद् मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए । उनले भने, “दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो […]

“वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ ” : अध्यक्ष नेपाल

Artharajniti  ~  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । आज महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताए । उनले पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले […]

नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता

Artharajniti  ~  नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौँ महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका हुन् । सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले […]

गृहमन्त्रीलाई निलम्बन माग गरिएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

Artharajniti  ~  गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदै छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना कानुन व्यवसायीले जवाफी बहस सकेपछि फैसला सुनाइने भएको हो। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर […]

अल्पमतमा परेका प्रधानमन्त्री राजीनामा नदिने अडानमै

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने बताएका थिए ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो । प्रमुख सत्ता साझेदार एमालेले बुधबार सरकारलाई […]

कांग्रेस महामन्त्री थापा : ” प्रचण्डको चरित्रकै कारण अहिलेको परिस्थिति बन्यो “

Artharajniti  ~  नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका छन् । विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताए । महामन्त्री थापाले भने,‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार […]

कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

Artharajniti  ~   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो । “अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Artharajniti   ~  परिवर्तिन राजनीतिक घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् । मंगलबार […]

भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई एमालेको आग्र

Artharajniti  ~ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन आग्रह गरेको छ। मंगलबार बसेको एमालेको सचिवालय बैठकले भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो। ‘कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय भएको छ,’ बैठकपछि एमाले […]