७९ दिनका लागि ७० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक , माग्यो प्रस्ताव

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ७९ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज भदौ २६ गते भुक्तानी गर्नेछ। राष्ट्र […]

सेयर बजार २७०० विन्दुमा , ४ अर्ब ४४ करोडको किनबेच

Artharajniti ~   सेयर बजार २७०० अंकमा रोकिएको छ। कारोबार खुलेदेखि उतारचढाव देखिएकामा सोमबार नेप्से परिसूचक अन्तिममा १.४६ अंक घटेर २७००.६५ विन्दुमा रोकिएको हो। फाइनान्स, लघुवित्त, व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्। म्युचुअल फण्डको सूचक सबैभन्दा धेरै ०.६८ प्रतिशतले घटेको छ। बजारमा १४३ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको स्थिर रह्यो। नेपाल बैंकको ऋणपत्रको सबैभन्दा धेरै […]

रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे

Artharajniti  ~  भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन सत्र सकिएसँगै महाधिवेशन प्रतिनिधिहरूमा नयाँ नेतृत्वबारे चर्चा हुन थालेको छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि बन्द सत्र सुरु हुन ढिलाइ हुँदा विभिन्न प्रतिवेदन र प्रस्तावहरू हलमा पेस हुन सकेका छैनन् […]

” विष्णु पौडेललाई अपहरण शैलीमा गिरफ्तार गरियो” : ओली

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ ।  ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको […]

दिपक भट्टको करोडौं पर्ने गाडी पनि जफत

Artharajnit   ~   सम्पत्ति शुद्धीकरणको कसुरसहित विभिन्न कसुरमा पुर्पक्षका लागि पठाइएका दिपक भट्टको करोडौं पर्ने गाडी पनि जफत भएको छ।विशेष अदालतले बुधबार उनीविरूद्धको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै डिल्लीबजार कारागार चलान भएका छन्।  अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनको ६ करोड ३० लाख रुपैयाँ पर्ने ०१-०३३ च […]

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

Artharajniti  ~  शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख […]

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

Artharajniti  ~  प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि सांसद् खड्कबहादुर बुढाले आफ्नो विरोधबारे बोलिरहेका छन् ।

माछापुच्छ्रे बैंकद्वारा केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

Artharajniti  ~  माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत बाल स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई अल्ट्रासोनोग्राफी मेसिन हस्तान्तरण गरेको छ। बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित उक्त स्वास्थ्य संस्थालाई प्रदान गरिएको अल्ट्रासोनोग्राफी मेसिनले बाल रोगसम्बन्धी परीक्षण तथा उपचार सेवामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। उपकरण हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका […]

दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’

Artharajniti  ~  प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् । सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै […]