” म एकपल्ट जनताको माझमा जान्छु ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् । ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सुन्नका लागि जाने इच्छा […]

” मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छः ” : स्वर्णिम वाग्ले

Artharajniti   ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफ्ना पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताए। उनले पञ्चायतकालमा कांग्रेस, […]

राष्ट्रपतिद्वारा जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानी गर्न जापानीहरूलाई आग्रह गरेका छन् ।आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको […]

प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्दै

Artharajniti  ~  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार  दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएकाे छ। साेमबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। यस्तै, सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ […]

” तीन महिनाको समय दिएर बिजुली जोडेका छौँ ” : कार्यकारी निर्देशक कुलमान

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन महिनाको समय दिएर उद्योगमा काटिएको लाइन जोडिएको र त्यो अवधिमा नतिरे फेरि लाइन काटिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र बक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय […]

” लगानीको वातावरण सुधार्नुपर्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनुभएको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करारबमोजिम आज बुझाउनुभएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उहाँले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा […]

” नियम अनुसार बक्यौता उठाइन्छ, प्राधिकरणसँग मतभेद छैन ” : प्रधानमन्त्री

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युतको बक्यौता उठाइने बताएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको पनि दाबी गरेका छन् । ओलीले मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको पनि बताए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

Artharajniti ~ सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

” हामी विजयी भएर निस्कियौं” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकारबाट विजयी र बेदाग भएर निस्किएको दाबी गरेका छन्। बुधबार बिहान नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विजयी भएर सरकारबाट निस्किएको बताएका हुन्। ‘देशभरीको प्रारम्भिक रिपोर्ट सुन्दा आम जनता र कार्यकर्तामा निराशा छैन बरू हामी […]

प्रधानमन्त्री ओली : “कानुन कार्यान्वयन भएको छैन, यो हो-हल्ला केका लागि? “

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न मिल्ने गरी बनेको भूमिसम्बन्धी ऐन गलत भएर खारेज गर्न प्रस्ताव गरेका छन्। प्रतिनिधि सभामा आइतबार विश्वासको मत माग्ने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त कानुन अझै पनि जीवित रहेको भन्दै त्यसलाई फेरि संसोधन गर्न सकिने बताए। ‘कानुनमा रिफर्म के गर्नुपर्छ हामी […]