सभापति लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । कान्तिपुर पब्लिकेशनले आफूविरुद्ध भ्रामक समाचार सामग्री सम्प्रेषण गरेको भन्दै आफू कानुनी उपचारमा गएको लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सहकारी संस्थाको रकम हिनामिना गरेको […]

राजतन्त्र खोज्नेलाई ओलीले भने : “कस्तो राजा ल्याउने?”

Artharajniti  ~  नेपाली कांग्रेसले  ४८औँ मेलमिलाप दिवस मनाएको छ। बिपी  कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ। यस अवसरमा नेपाली कांग्रेसले आज राजधानीमा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा […]

नैतिक संकटमा दुई मन्त्री

Artharajniti   ~  ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने […]

“गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍यो ” : सभापति लामिछाने

Artharajniti   ~  रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । आज संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।‘तपाईँलाई म स्पस्ट भन्छु देशमा […]

माइतीघरमण्डलाबाट सिके राउतसहित पक्राउ

Artharajniti  ~  धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । […]

मन्त्रीका साथै सचिवालयमा हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा […]

वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आमाबुबाको मन्त्री साउदसँग आग्रह

अर्थ राजनीति  ~ विपीनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका छन् । मन्त्री साउद भन्छन ~ “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, साथै , “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा […]

बालकुमारीमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

Artharajniti   ~  ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।  मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ। मन्त्री ज्वालाले  कुराकानी गर्दै आन्दोलनकारीले आफू […]

सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन रास्वपाले गठन गर्‍यो कार्यदल

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् । वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले बिहीबार सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता […]

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ । […]