राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

Artharajniti   ~  राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ […]

राष्ट्रिय वाणिज्य बैंक ५९ औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

Artharajniti  ~  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर […]

” बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्छौँ ” : दुर्गा प्रसाईँ

Artharajniti  ~  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् । आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता […]

कांग्रेसले सुरु गरेको सहकारीमा एमालेको कब्जाले बेहाल : सभापति देउवा

Artharajniti  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर मारामार भएको बताएका छन्। ‘सत्ता सबैलाई आवश्यक छ, संसारभरि नै सत्ताका लागि मारामार छ,’ कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनाव हुन्छ। चुनाव लड्नुपर्छ, सबैभन्दा ठूलो जनता हो। जनतामा जानुपर्छ।’ देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने बताए। ‘गठबन्धन गर्नुपर्ने हुन्छ। […]

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

Artharajniti   ~  यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।  सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर […]

काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा कम

Artharajniti  ~  काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो । यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै […]

” जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ ” : उपप्रधानमन्त्री श्रेष्ठ

Artharajniti  ~   उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा […]

रास्वपा सभापति जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

Artharajniti  ~  ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले जानकारी दिए । जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड […]

” देश संकटतिर धकेलिँदैछ, सरकार बोझ भयो ” : प्रदीप ज्ञवाली

Artharajniti  ~  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बर्तमान सरकार देशका लागि बोझ बनेको बताएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकारका कारण देश संकटतिर धकेलिएको बताए । सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको भन्दै उनले तत्काल ढाल्न सक्ने अवस्था समेत नरहेको बताए । देशको अर्थतन्त्र विकराल […]

” जागिर खाने नाममा गलत बाटो नजाऔँ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए । उनले भने, पत्रकारले राखेको जिज्ञासामा “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग […]