” नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाऔं ” : सांसद शर्मा

Artharajniti   ~   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन सकिने बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा ऊर्जा मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै उनले नेपाल बन्दैछ भन्ने सन्देश दिन पनि नेपालीहरूकै लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्न सकिने बताए। ‘बूढीगण्डकी परियोजना स्वदेश र विदेशमा भएका नेपालीहरूकै लगानीमा बन्न सक्छ। नेपाल […]

मेयर बालेन : “नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू “

Artharajniti  !~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । ३ जना नेताले गर्दा १ सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने बताए ।उनले उनी भन्छन्- काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । […]

प्रतिनिधि सभाको बैठक आज बस्दै

Artharajniti   ~  संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ।सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। आज वन तथा वातावरण मन्त्रालय, खानेपानी […]

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन उद्घाटन

Artharajniti ~  मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको आज  उद्घाटन गरेका हुन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट […]

स्कुलका सटरहरु बन्द नगराउन महानगरलाई उच्च अदालतको आदेश

Artharajniti  ~   उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेको थियो । शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने […]

राष्ट्रपति पौडल जेनेभा पुगे

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी […]

ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

Artharajniti  ~   ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न माग

Artharajniti  ~  नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई […]

चन्द्र भण्डारी : ” मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ ? “

Artharajniti  ~  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषि र शिक्षा क्षेत्रको विकास विना देश अगाडि बढ्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटमाथि धारणा राख्दै सांसद भण्डारीले मल, बिउ, सिँचाइ नदिई कृषि क्षेत्र बन्छ ? भन्दै प्रश्न गरे । उनले भने–‘हामीले मल, बिउ कहिले दिने, त्यो नदिईकन किसान बन्छन् ? किसानले खेती […]

काठमाडौं महानगरभित्रका १३ विद्यालयका १७५ सटरमा ताला

Artharajniti   ~   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सोमबार १३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटामा विद्यालय आफैँले बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप […]