आज सुनचाँदीको भाउ घट्यो

Artharajniti  ~  सुनचाँदीको भाउमा आज बुधबार पनि गिरावट आएको छ । मंगलबार तोलाको १ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार […]

बजेट ल्याउन मेयर शाहलाई समितिको ध्यानाकर्षण पत्र

Artharajniti  ~  बजेट तर्जुमा समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र पठाएको छ ।समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको हो ।पत्रमा भनिएको छ, “काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,” “आर्थिक […]

” सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता “: श्रममन्त्री भण्डारी

Artharajniti  ~  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन् । बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एसिया गल्फ को अपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको […]

विशेष अदालत पुगे अध्यक्ष नेपाल, बयान सुरू हुँदै

Artharajniti  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख […]

ज्ञानेन्द्र शाही : “१४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिनेगरी समिति बनाइयो “

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका […]

काठमाडौं महानगरको बजेट अनिश्चित

Artharajniti  ~ म‌ंगलबार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगर वा गाउँ सभामा प्रस्तुत गर्दैछन्। अन्तर्सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था अनुसार केही पालिकाहरूले यसअघि नै बजेट प्रस्तुत गरेका छन् भने अधिकांशले आज गर्दैछन्। तर, काठमाडौं महानगरपालिले भने बजेट प्रस्तुत गर्नको लागि अहिलेसम्म पनि नगरसभा बोलाएको छैन। ‘अहिलेसम्म कुनै तयारी छैन। आज बजेट आउँदैन,’ महानगरपालिकाका […]

” यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ” : डा. स्वर्णिम वाग्ले

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गरेका छन् । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र एमालेले कब्जाको नीति लिएको वाग्लेले आरोप लगाए ।   कुराकानीमा वाग्लेले वर्तमान सरकार भत्काउनुपर्ने मान्यतामा रास्वपा रहेको उनले […]

शिक्षक प्रतिनिधिद्दारा प्रचण्डसँग भेट

Artharajniti  ~  नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुले भेट गरेका छन् । दाहालसँगको भेटका क्रममा सरकारले शिक्षकसँग गरेको सहमतिको कार्यान्वयन गर्न माग गरेका छन् । शिक्षकहरूको गुनासो पश्चात अध्यक्ष प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको बताउँदै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका […]

“विपिनका बारेमा भगवानसँग प्राथना गरौँ ” : परराष्ट्रमन्त्री

Atharajniti ~   परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भनिन्, “हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब […]

मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै रास्वपा र राप्रपा सांसदहरू बाहिरिए

Artharajniti  ~  प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि […]